जिल्लामा कोरोना संक्रमित २५०० नाघ्यो, आजै ३०६ जना थपिए

  प्रकाशित मिति
७ श्रावण २०७८, बिहीबार २१:४९


मेचीनगर, ७ साउन । झापामा आज ३०६ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका फोक पर्सन जीवन चौलागाइका अनुसार आज पीसीआरबाट २०७ र एन्टीजेन परीक्षणबाट ९९ जना गरी कूल ३०६ जना संक्रमित थपिएका हुन् ।

आज ४७५ जनाको पीसीआर र ३२८ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

आज मृत्यु हुनेको संख्या ६ जना रहेको छ । मेची अस्पतालमा ३ जना, विर्तासिटी हस्पिटलमा २ जना र दमकको आम्दामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये झापाका २ जना र अरु इलाम, पाँचथर र मोरङका छन् ।

आज कोरोना निको भएकाहरुको संख्या २०२ रहेको छ ।

आजसम्ममा झापामा सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ७५ जना रहेको छ । जसमध्ये पीसीआर गरेका १७११ र एन्टीजेन गरेका ८६४ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: