जिल्लास्तरीय फुटबलमा विशालपुर विजयी

  प्रकाशित मिति
९ जेष्ठ २०७५, बुधबार २१:४९


भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा सञ्चालित जिल्लास्तरीय फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा विशालपुर फुटबल क्लव पृथ्वीनगर विजयी भएको छ । जीतसँगै विजयपुर सेमीफाइनल प्रवेश गरेको छ ।

भद्रपुरको स्थापित क्लव इलेभेन साइनिङ स्टार क्लवको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको बुधबारको खेलमा विशालपुरले नवकिरण फुटबल क्लव हल्दिबारीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

भद्रपुर उच्च माविको खेलमैदानमा पहिलो हाफमा १–० को अग्रता लिएको नवकिरणले अग्रता कायम राख्न सकेन र दोस्रो हाफमा २ गोल खाएपछि पराजित हुनुपर्यो । खेलको ३१ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै नवकिरणको तर्फबाट जर्सी नं ८ का विराज वस्नेतले गोल गरेका थिए । पहिलो हाफमा १–० ले पछि परेको विशालपुरले दोस्रो हाफमा लयात्मक खेल खेल्दै टिमलाई २–१ को अवस्थामा पुर्यायो । खेलको ५१ औं मिनेटमा जर्सी नं २१ का विवेक गुरुङले गोल गर्दै खेल बराबरीको अवस्थामा पुर्याए भने ६१ औं मिनेटमा जर्सी नं १७ का सञ्जीव राईले गोल थप्दै विशालपुरलाई जीत दिलाए ।

खेलको म्यान अफ द म्याच विजयी टिमका आयुप राई घोषित भए । उनलाई आयोजक समितिका संयोजक रवि मुखियाले नगद २५००।– पुरस्कार प्रदान गरे ।
बिहीबार झपा फुटबल क्लव राजगढ र शनिश्चरे फुटबल क्लवबीच प्रतिस्पर्धा हुने आयोजक क्लवका अध्यक्ष दिलीप भूइमालीले जानकारी दिए ।

झापाका ९ वटा टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले ६० हजार नगदसहित शील्ड तथा मेडल र उपविजेताले ४० हजार नगदसहित शील्ड तथा मेडल प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष मुखियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: