जिल्ला अदालतमा अब छवटा इजलास

  प्रकाशित मिति
२० पुष २०७२, सोमबार ०९:४४


adalat

भद्रपुर, २० पुस । झापा जिल्ला अदालतले सोमबारदेखि आफ्ना सेवा विस्तार गरेको जनाएको छ । विगतमा तीनवटा इजलास रहेको अदालतमा सोमबारदेखि छ वटा इजलास स्थापना गरी आफ्ना सेवा विस्तार गरेको स्रेस्तादार नवराज आचार्यले जानकारी दिए ।

न्यायिक क्षेत्रमा मुद्दाको चाप बढ्दै गएपछि यसअघि न्यायाधीश रमेशकुमार खत्री, सुदर्शन पाण्डे र मातृकाप्रसाद आचार्यले तीनवटा इजलास सम्हालेका थिए ।

अहिले न्यायाधीश रमेशकुमार खत्रीको सर्वाेच्च अदालतमा स्थानान्तरण भएपछि उनको स्थानमा सुदर्शन पाण्डेले सम्हाल्ने र थप तीन इजलासमा न्यायाधीश बाबुकाजी बाँनिया, मनोज केसी र ध्रुवराज त्रिपाठीले सेवा दिने बताइएको छ ।

अत्याधुनिक भौतिक पूर्वाधार रहेको झापा जिल्ला अदालतमा सेवाग्राहीले निवेदन दर्ता, नक्कल लिन, फिरादपत्र दर्ता वा दरपीठ तथा तारिखका काम एक घन्टाभित्रै हुने प्रावधान बनाइएको अदालतका स्रेस्तादार आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: