जिल्ला ट्राफिक प्रहरी कार्यालयको नयाँ भवन

  प्रकाशित मिति
१८ आश्विन २०७८, सोमबार ११:०२


झापा, १८ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन निर्माण भएको छ । प्रदेश नम्बर १ सरकारको आर्थिक सहयोगमा अढाई तले पक्की भवन रु. एक करोड ८८ लाख ८५ हजार ५७७ को लागतमा निर्माण भएको हो ।

विर्तामोड नगरपालिका–५ मा ट्राफिक प्रहरी कार्यालयको नाममै रहेको छ कठ्ठा जग्गामा सो भवन बनेको हो । सो जग्गा सडक विभागको यान्त्रिक कार्यालयको थियो । यान्त्रिक कार्यालय हटेसँगै ट्राफिक प्रहरीको नाममा लालपूर्जा आएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक निषेश चापागाईले बताए ।

वि.सं. २०७६ साल जेठ ९ गते श्रृङ्खला निर्माण सेवा प्रालि नुवाकोटसँग सम्झौता गर्दै ट्राफिक प्रहरीका लागि भवन निर्माणको काम अघि बढाइएको थियो । हाल बिर्तामोडस्थित मुक्ति चोक उत्तर सानो र साँघुरो घरबाट ट्राफिक प्रहरीले सेवा दिँदै आएको छ । सो भवनको तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शिलान्यास गरेका थिए ।

आधुनिक र सुविधासम्पन्न ट्राफिक प्रहरीको भवन निर्माण गर्ने उद्देश्य अनुसार अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न भएको हो । भवन निर्माण प्रदेश १ सरकारको आर्थिक सहयोगमा सम्पन्न भए पनि कम्पाण्ड वाल भने स्थानीयबासी, व्यापारी, व्यवसायीहरुको आर्थिक सहयोगमा निर्माण भइरहेको प्र.नि चापागाईँले बताए । निर्माण सेवा कम्पनीले दशै अघि नै ट्राफिक प्रहरी कार्यालयलाई भवन हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: