जिल्ला प्रशासनको राजस्व ४ करोड तीन लाखबढी

  प्रकाशित मिति
१९ श्रावण २०७७, सोमबार ०८:५२


भद्रपुर, १९ साउन । जिल्ला प्रशासन कार्यालय झापाले गत आर्थिक बर्ष २०७६ ÷०७७ को असारमसान्त सम्ममा विभिन्न शीर्षकबाट रु.४ करोड ३ लाख १५ हजार ६०० मात्र राजश्व संकलन गरेको छ ।

सो राजस्व अघिल्लो आर्थिक बर्षको तुलनामा रु. २ करोड ५३ लाख ३५ हजार ६४८ ले कमी रहेको छ । अघिल्लो बर्ष कार्यालयले रु. ६ करोड ५६ लाख ५१ हजार २८४ राजस्व संकलन गरेको थियो ।

कार्यालयका लेखापाल टेकप्रसाद नेपाललले कोभिड १९ कारण राजस्व संकलनमा कमी आएको बताए । उनले सबैभन्दा बढी राहदानी बिक्रीबाट रु.३ करोड ९० लाख ८५ हजार राजश्व संकलन भएको जानकारी दिए ।

हातहतियार इजाजत बापत रु. ३१ हजार, राष्ट्रिय परिचयपत्र कम्पुटर अपरेटरको परीक्षा संचालन गरे बापत रु.७ हजार ६०० अन्य प्रशासनिक सेवा शुल्क बापत रु. ११ लाख २ हजार ४५० राजस्व संकलन भएको छ ।

लेखापाल नेपालले आ.व.को दोस्रो चौमासिक शुरु नहुँदै बन्दाबन्दी भएको कारण विगत बर्षहरुको दाँजोमा राजश्वमा गिरावट आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: