जिल्ला प्रशासनमा पनि इजलास !

  प्रकाशित मिति
१३ बैशाख २०७३, सोमबार ०८:३१


ijalash (3)चन्द्रगढी । न्यायाधीश बस्ने आसन, बयानका लागि कठघरा र अधिवक्ताले पैरवी गर्ने घेरावेरा गरिएको ठाउँ ! सामान्यतया यस्तो दृश्य अदालतमा मात्र देख्न पाइन्छ ।

तर नेपालमा जिल्ला प्रशासन कार्यालयमा समेत यस्तै इजलास निर्माण गरिएको छ । जहाँ प्रमुख जिल्ला अधिकारीले न्यायाधीशको आसनमा बसेर मुद्दाको छिनोफानो गर्छन् । झापा जिल्ला प्रशासनको नयाँ भवनमा इजलासका लागि पूर्वाधारयुक्त कक्ष स्थापना गरिसकिएको छ । तर लामो समयदेखि त्यो इजलास कक्षको प्रयोग भने भइरहेको छैन ।

सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाका अनुसार हाल ७५ वटै जिल्ला प्रशासन कार्यालयमा प्रजिअले अर्धन्यायायिक इजलास कक्ष स्थापना गरिएको छ ।

‘अदालत र प्रशासनमा स्थापना गरिएको इजलास कक्ष उस्तै हुन्छ’, सहायक प्रजिअ सापकोटा भन्छन्–‘अलिकति काम गराइ फरक पर्नु स्वाभाविकै हो ।’ खोटाङ जिल्लामा प्रजिअ छँदा आफुले पनि इजलास प्रयोग गरेको सापकोटाले सुनाए ।

सार्वजनिक अपराध, हातहतियार, कालोबजारी लगायतका प्रजिअले हेर्ने भनी कानूनमा तोकिएका मुद्दाको छिनोफानो इजलासकै माध्यमबाट गर्न सकिने उनी बताउँछन् ।

उनका अनुसार प्रशासनको इजलास चल्दा वादी र प्रतिवादी रहने र उनीहरूले आफ्ना वकिल राखेर वहस पैरवी गर्न सक्ने व्यवस्था पनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: