जिल्ला बाहिरबाट आउनेले ७ दिन क्वारेन्टाइनमा बस्नैपर्ने

  प्रकाशित मिति
५ भाद्र २०७७, शुक्रबार २१:०४


भद्रपुर, ५ भदौ । भद्रपुर नगरपालिकामा जिल्ला बाहिरबाट आउने जोकोहीले अब ७ दिन होम क्वारेन्टाइनमा बस्नै पर्ने नियम लागू गरिएको छ ।

जिल्ला बाहिरबाट कोरोना नभित्रियोस् भनेर नगरपालिकाले यस्तो नियम लगाएको हो ।

आज नगरपालिकामा बसेको नगरस्तरीय कोभिड १९ जोखिम व्यवस्थापन समितिको बैठकले त्यस्तो निर्णय गरेको हो ।
यो निर्णय आइतबारदेखि सात दिनका लागि गरिएको समितिका अध्यक्ष नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

जिल्ला बाहिरबाट प्रवेश गर्नैपर्नेले टोल विकास संस्था, वडा समिति वा स्वास्थ्य शाखामार्फत नगरपालिकासँग समन्वय गर्नु पर्ने र प्रवेश गरेपछि पनि कम्तीमा ७ दिन होम क्वारेन्टाइनमा बसी कोभिड १९ सम्बन्धी नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले कोभिड १९ सम्बन्धी क्रियाकलाप र अत्यावश्यक बाहेकका नगरपालिका र वडा कार्यालयहरुबाट प्रवाह भइरहेका सेवाहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले साप्ताहिक हाट बन्द गर्ने पहिलेको निर्णयलाई निरन्तरता दिएको, भद्रपुरमा रहेका संघीय तथा प्रदेशस्तरीय कार्यालयहरुमा देखिएको भीड नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको र उद्योग प्रतिष्ठानहहरु कोभिड १९ सम्बन्धी स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गर्न उद्योग प्रतिष्ठानहरुलाई सचेत गराइएको नगरप्रमुख श्रेष्ठले जानकारी दिएका छन् ।

भद्रपुरमा कार्यालय प्रमुखको रुपमा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईलाई स्वागतसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: