जिल्ला मालपोतको भवन उद्घाटन

  प्रकाशित मिति
२९ पुष २०७२, बुधबार ११:४९


भद्रपुर । जिल्ला मालपोत कार्यालयको नयाँ भवन बुधबार एक कार्यव्रmमका बिच उद्घाटन गरिएको छ । भूमि सुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्वाले मालपोत कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन कार्यव्रmमलाई सम्बोधन गर्दै भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्वाले जनताले पाएको अधिकारलाई कसैले बन्चित नगराई चुस्त दुरुस्त सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

जनताले पाउने अधिकार नपाएमा त्यो अपराध सावित हुने हँुदा अधिकारका लागि नागरिकले आवाज उठाउनु पर्ने उनले बताए ।
व्यक्तिले पाउने अधिकार एक दिनमात्र ढिला भएमा जिल्ला मात्र नभई राष्ट्रले क्षति व्यहोर्नु पर्ने उनको भनाई थियो । उनले मुलुक विकराल परिस्थितिमा रहेकोले समस्यालाई कुटनीति र राजनीतिक पहलबाट समाधान गरिनु पर्ने उनले बताए ।

त्यस्तै भूमि सुधार तथा व्यवस्थापन विभागका महानिर्देशक रोहित कुमार भट्टराइले सेवाग्राहीलाई मध्यनजर गर्दै विभागले चाडै झापामा पनि अनलाइन सेवा सुरु गर्ने लागेको बताए ।

कार्यव्रmममा झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, अतिरिक्त जिल्ला न्यायाधीस ऋषिराम निरौला, झापाका प्रमुख मालपोत अधिकृत विजयराज पौडेललगायतले बोलेका थिए । गत ०६९ असार २२ देखि १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी दिवा निर्माण सेवा धापाखेल ललितपुरले २ करोड ९३ लाखमा ठेक्का लिएको थियो । ठेकेदार पक्षले भवन निर्माण कार्य गुणस्तरहीन बनाएको समाचार बाहिर आएपछि मालपोत अधिकृत पौडेलले ठेकदारलाई त्रुटीपूर्ण १९ वटा कामको वुँदा लिखित दिए पश्चात भवनका केही काममा सुधार आए पनि हालसम्म पुर्णरुपमा सुधार भइनसकेको भवन तथा शहरी विकासका इन्जिनियर चन्द्रप्रसाद चापागाइले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: