जिविस एक सातामै अपाङ्गमैत्री हुने

  प्रकाशित मिति
२२ असार २०७३, बुधबार १२:२०


apanga-272x300

भद्रपुर । झापाका स्थानीय विकास अधिकारी खेमराज ओझाले एक साताभित्रमा जिल्ला विकास समितिको भवनलाई अपाङ्ग मैत्री बनाउने प्रतिबद्धता जनाएका छन् ।

झापामा अपाङ्ग हक हितसँग सम्वद्ध विभिन्न सङ्घ संस्थाका तर्फबाट ज्ञापन पत्र बुझाउन आएका प्रतिनिधिलाई सोमवार जिविस हलमा सम्बोधन गर्दै स्थानीय विकास अधिकारी ओझाले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले स्थानीय विकास अधिकारी र योजना अधिकृतको कार्यकक्ष, लेखा शाखा, दर्ता शाखा, सभाहल लगायतका महत्वपूर्ण स्थानमा सहज पहुँच हुने गरी ह्वीलचियरको बाटो निर्माण गरिने बताएका छन् ।

जिविस भवन झापाकै भव्य र ठूलो लगानीमा निर्मित सरकारी अड्डा भए तापनि यसलाई अपाङ्ग मैत्री सोचबाट बनाइएको थिएन ।

‘शारीरिक अशक्त साथीहरू जिल्ला विकास समिति जस्तो अत्यन्त सरोकारको कार्यालयमा आउँदा ह्वीलचियर गुड्ने बाटो समेत नभएका कारण सास्ती व्यहोरेको देख्दा मलाई नमिठो लाग्छ’, स्थानीय विकास अधिकारी ओझाले भने–‘म एक हप्ताभित्रै भवनमा ह्वीलचियर गुडाउन सहज हुने अपाङ्गमैत्री बाटो बनाउँछु ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: