जिविस झापाको वार्षिक समीक्षा शुरु

  प्रकाशित मिति
३१ श्रावण २०७३, सोमबार १६:१७


DDC PICभद्रपुर । जिल्ला विकास समिति झापाको आ. व. ०७२÷०७३ को वार्षिक समीक्षा सोमबार शुरु भएको छ ।

जिविस हलमा स्थानीय विकास अधिकारी खेमराज ओझाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी मदन भूजेलको प्रमुख आतिथ्यमा आयोजित समीक्षा गोष्ठी मंगलबारसम्म चल्ने सूचना अधिकृत प्रकाश चौधरीले जानकारी दिए ।

राजनीतिक दलका जिल्लास्तरका नेताहरुको समेत सहभागिता रहेको गोष्ठीको पहिलो दिन सबै गाविस सचिवहरुले आ–आफ्नो गाविसको वार्षिक प्रगति प्रस्तुत गरेका थिए । मंगलबार जिल्लाका विषयगत कार्यालय तथा गैरसरकारी संस्थाहरुले वार्षिक प्रगति प्रस्तुत गर्ने त्यसमाथि छलफल हुनेछ ।

जिविसका कार्यक्रम अधिकृत जय तिम्सिनाले सञ्चालन गरेको गोष्ठीको औचित्यमाथि प्रकाश पार्दै सूचना अधिकृत चौधरीले सहभागीहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रममा प्रगति प्रस्तुत गर्नेक्रममा कतिपय गाविस सचिवहरुले आफ्नो गाविसमा खुला दिसामुक्त घोषणा अभियान निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै चेतनामूलक कार्यक्रमहरु जिल्लास्तरबाट गाउँमा पुर्याउनुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: