जिसस झापा चुनाव : एमालेका सबै उम्मेदवार निर्विरोध निर्वाचित

  प्रकाशित मिति
७ असार २०७९, मंगलवार २२:५३


मेचीनगर, ७ असार । जिल्ला समन्वय समिति झापाका सबै पदहरूमा नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गरेका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार जिल्ला निर्वाचन कार्यालय भाद्रपुरमा मनोनयन दर्ताको लागि निर्वाचन तालिका तोकिएको थियो । जिल्ला समन्वय समितिको प्रमुखमा विश्व बराल दमक र उपप्रमुखमा शान्ता रोक्का बिर्तामोडले एमालेको तर्फबाट मनोनयन दर्ता गराएका थिए ।

यस्तै जिल्ला समन्वय समितिको सदस्यका लागि जुनु महरा शिवसताक्षी, सन्तोस सोरेन कनकाई, देवका बस्याल भद्रपुर, रिता नेपाली अर्जुनधारा, जलाल अलि झापा, तुलसा काफ्ले बराल मेचीनगर र कपिलमणि काफ्ले गौरादहले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन तालिकाभित्र अरु दलहरूबाट कसैको पनि उम्मेद्बारी नपरेको नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले बताए ।

अध्यक्ष कार्कीले एमालेबाट उम्मेदवारी दिएका सबैजना निर्विरोध निर्वाचित भएको जनाउँदै सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई हार्दिक बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । निर्वाचन आयोगले आधिकारिक घोषणा भने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: