जीवनको ऊर्जा बनोस् प्रेम दिवस

  प्रकाशित मिति
१ फाल्गुन २०७२, शनिबार १४:०८


debu
आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस । इस्वी सम्वत २७० तिर रोमका तत्कालिन राजाले प्रेम विवाहमा प्रतिबन्ध लगाएपछि भ्यालेन्टाइन नामका पादरीले धेरै व्यक्तिको प्रेम विवाह गराएका थिए । त्यसैको अभियोगमा उनलाई मृत्युदण्डको सजाय दिइएको थियो । त्यो दिन १४ फेबु्रअरी थियो । त्यहि दिनको सम्झनामा विश्वका अरबौ पे्रेमी पे्रमिकाले यो दिवस मनाएका हुन् ।

प्रेम विवाह गराएकै अभियोगमा मृृत्युवरण गरेका भ्यालेन्टाइनलाई आज विश्वका हरेक व्यक्तिले उनको सम्झना गर्ने गरेका छन् । पश्चिमी देशबाट विकसित भएको यो संस्कृतिले विश्वका सबै देशहरूमा प्रभाव पार्दै आएको छ । यो दिवसले एकातिर प्रेम र सद्भाव बढाएको छ भने अर्काेतिर अनेकौँ विकृतिहरूलाई मलजल गर्दै आएको छ । पछिल्लो समय प्रेमका नाममा हुने विकृतिले सामाजिक समस्या समेत ल्याउन थालेकोे छ ।

अचेल सबैमा प्रेम सहज र सस्तो भएको छ । प्रेमलाई अहिलेका युवाहरूले टाइमपास गर्ने माध्यम बनाएका छन् । मन लागेका बेला प्रेमको नाटक रच्यो नलाग्दा त्यसैलाई बलिको बोका बनाउने गर्न थालिएको छ । प्रेम सम्बन्ध स्थापित गर्न जति सहज छ । त्यसलाई जीवन्त बनाउन त्यति नै गाह्रो हुने गरेको छ । साथै नकारात्मक परिणाम व्यहोर्न पनि त्यति नै जटिल छ ।

नेपाली समाजमा अझै पनि प्रेमको परिभाषा बुझाउन सकिएको छैन । परम्परागत रुपमा मागेर नै विवाह गर्नुपर्छ भन्ने मान्यता अझै रही आएको छ । आफ्ना छोराछोरीको इच्छा विपरीत उनीहरूको विवाह गराइदिने गरिएको छ । यसरी जवरजस्ती गराइएको विवाहका कारण धेरै परिवार जीवन्त रहन सकेको छैन ।

हालै झापाको बाहुनडाँगीमा एउटा यस्तै घटना भयो । पहिले छोरीले मन पराएको केटासँग विवाह नभएर अर्कै केटासँग भएको थियो । केही समयपछि ती युवक वैदेशिक रोजगारीमा गएपछि ती युवती उनै पहिलेको प्रेम गरेको व्यक्तिसँग घरजम गर्न गइन् । जसलाई समाजले पनि केही भन्न सकेन । उनले सहजै उत्तर दिएकी थिइन् । ‘मेरो इच्छा विपरित गरिएकोले म उनैसँग आएको हो ।’

prem

अर्कातिर हाम्रै समाजमा पनि प्रेम गरेर ल्याइएकी पत्निलाई केही समयपछि अनेकौ बहानामा दुःख दिने, कुटपिट गर्ने र मार्नेसम्मको घटना हुने गरेको छ । जातको आधारमा, धर्मको आधारमा अनि सम्पतिसँग प्रेमलाई नापेर हेर्ने चलनले चोखो माया गर्नेलाई पनि अभिशाप बन्ने गरेको छ । प्रेमलाई कसैले पनि खेलौनाको रुपमा हेर्नु हुँदैन । प्रेम गर्दा एक अर्काबीचको पारिवारिक पृष्ठभूमि, उसको व्यक्तिगत सम्बन्ध बुझेर मात्र गर्नुपर्छ । नत्र देखेको भरमा अथवा कसैले भनेको भरमा अन्धो रुपमा प्रेम गर्न थालियो भने त्यसले पक्कै पनि भविष्य नै अन्धकारमा बनाउने गर्छ ।

हुन त प्रेम कसैले भनेर हँुदैन, मनबाट प्रेमभाव जाग्यो भने कसैले पनि रोकेर रोक्न सकिन्दैन भन्ने गरिन्छ । वास्तवमा यस्तो हुनु पर्छ प्रेम । मैले यहि समाजमा देखेकोे छु । जातका आधारमा आफ्ना छोरा बुहारीलाई घरमा नस्वीकार्ने । उनीहरूबीच भएको चोखो मायाको बाधक बनेर छुटाउन खोज्ने अनेकौ उपायहरू लगाउने गरिन्छ । तर, चोखो मायाकाबीच ल्याएको आफ्नो श्रीमातीलाई जस्तोसुकै समास्यासँग जुध्न पनि पछि नपर्ने गरेका छन् । अनि यहि समाज हो, जहाँ आफैले मन पराएर, लामो समय माया प्रेम गरेर विवाह गरेकी श्रीमतीलाई परिवारले भनेको भरमा छिमेकीले सुनाएको भरमा आफुसँग टाढा बनाउँदै जान्छ । अन्त्यमा अनेकौ आरोप लगाएरर घरबाटै निकाल्ने गरेका छन् । यसका ज्वलन्त उदाहरणहरु हाम्रो समाजमा यत्र तत्र छन् ।

अझ प्रेमलाई सस्तो र खेलौनाको माध्यम बनाउने अहिलेको विकराल समस्या भनेको सामाजिक सञ्जाल फेसबुक भएको छ । जसले फेसबुकमा माया गर्छ तर यथार्थतामा यो पुरा गर्न सक्दैन । फेसबुकले एकछिनमा माया बसाउँछ अनि एकछिनमा टुटाउँछ पनि । यसलाई पछिल्लो पुस्ताका युवाहरूले माया गर्ने सजिलो माध्यम बनाएका छन् । तर, यसलाई सहि सदुपयोग गर्न नसक्दा अप्रिय घटना भएका उदाहरणहरू पनि छन् हामीसँग । कहिले नदेखेको अनि बुझ्दै नबुझेको मानिससँग फेसबुकको भरमा माया गर्न जान्ने तर लाइफ टाइम बिताउन नसक्ने परिस्थिति भएको छ । साँचो प्रेममा त्याग हुन्छ, विश्वास हुन्छ, अनि सबैभन्दा बढी त समर्पण । माया प्रेमले जीवनलाई नै रङ्गीन बनाउँछ, जीवनका गोरेटोहरूको पाइला चाल्न सहज बनाउँछ । एक अर्काबीचको माया प्रेमले जीवनका योजना र हरेक क्षेत्रका सफलताका लागि बाटो खुल्छ । युवा पुस्तामा बढेको गलत अभिप्रायको प्रेम लहरको परिणाम गलत हुन्छ ।

प्रेमलाई सकारात्मक रुपमा लिन सक्नुपर्छ । शारीरिक आकर्षण र मनोरञ्जनमा केन्द्रित भएर नभई जीवनलाई सफलताको पाइलामा बढाउन सक्ने ऊर्जाको रुपमा प्रेमलाई पर्छ । यसकारण माया गर्नेले जीवन चलाउन सक्नुपर्छ । यो दिवसलाई रमाइलो मात्र होइन साँचो प्रेम गर्नेका लागि सम्मान गर्ने पर्व पनि बनाउन सकियोस् । अनि मात्र प्रेमको महत्व झल्किन्छ । यो संसार प्रेममै अडिएको छ । यसैले प्रेम गरेर बाँच्ने र बचाउने सबैमा प्रेम दिवशको शुभकामना ।
……………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: