जीवन काँडा कि फुल चलचित्रको च्यारिटी शो धुलाबारीमा

  प्रकाशित मिति
३ श्रावण २०७४, मंगलवार १८:४७


jci

झापा । बच्चादेखि बुढासम्मले पुस्तकमा पढिएकी अर्थात कहिलेकाहीँ टेलिभिजनको स्क्रिनमा देखिने र सुनिने साहित्यकार झमक घिमिरेको जीवन कहानीलाई अब चलचित्रमा देखिने भएको छ ।

घिमिरेले अपाङ्ग भएकै कारण बाल्यकालमा भोग्नु परेको सामाजिक, पारिवारिक घृष्णा र तिस्कारको कहानीलाई पुस्तकमा उतारेकी थिइन् । सो पुस्तकले मदन पुरस्कार समेत पाइसकेको छ ।

उनकै जीवन कथामा आधारित चलचित्र जीवन काँडा कि फुलको पहिलो प्रिमियर शो असार २६ गते काठमाडौंस्थित रातो बंगला स्कूलमा भइसकेको छ ।
सो फिल्मको पहिलो च्यारिटी शो भने मेचीनगर लेडीज जेसीजले यही साउन ५ गते धुलाबारीस्थित तृष्णा चलचित्र हलमा गर्ने भएको छ ।

जेसीजले मङ्गलबार धुलाबारीमा पत्रकार सम्मेलन गरेर जेसीजको पाँचौ बार्षिकोत्सवको अवसरमा नवनिर्वाचित नगर प्रमुख विमल आचार्यले च्यारिटी शोको उद्घाटन गर्ने जानकारी दिएको हो ।जेसीजकी संस्थाक अध्यक्ष कविता शर्माले मेचीनगरमा निर्माण हुन लागेको ज्येष्ठ नागरिक संरक्षण गृहको पर्खाल निर्माणका लागि च्यारिटी शो गर्न लागिएको बताइन् । उनले देशभरका जेसीज शाखामा यो चलचित्र प्रदर्शन गराउने जिम्मा समेत मेचीनगर लेडीज जेसीजले नै बैधानिक अधिकार पाएको पत्रकारहरुलाई जानकारी दिएकी थिइन् ।

sharma

सो दिन दुईटा सो गरिने संस्थाकी पूर्व अध्यक्ष टिका सुवेदीले बताइन् । स्वयम् चलचित्रकी कलाकार समेत रहेकी सुवेदीले च्यारिटी शो को लागि पाँच सय देखि १ हजार रुपैयाँको टिकट रहेको बताएकी छिन् । उनले विद्यार्थीहरुका लागि भने सय र अन्य नागरिकका लागि दुई सय रुपैयाँमा चलचित्र देखाइने बताइन् ।

जेसीजकी बर्ष २०१७ की अध्यक्ष शोभा श्रेष्ठले सोही दिन अनाथ बालबालिकालाई लता कपडा, खेलौना र खाना समेत वितरण गरिने जानकारी दिइन् । जेसीजकी बरिष्ठ उपाध्यक्ष तुलसा भण्डारीले पहिलो सो नगरका नवनिर्वाचित पदाधिकारी, पत्रकार र विशिष्ट व्यक्तिहरुलाई देखाइने र दोस्रो विद्यार्थीहरुलाई समावेश गरिने बताइन् । उनले साउन ५ देखि ८ गतेसम्म चलचित्र धुलाबारीमै जेसीजकै आयोजनामा प्रदर्शन गरिने जानकारी दिइन् ।

घिमिरेको जन्मस्थान धनकुटा, धरानको वीपी मेमोरियल अस्पताल र काठमाडौंमा छयाङ्कन गरिएको चलचित्रको निर्माता आसामका विनोद विष्ट रहेका छन् । बद्री चौहान र उमेश सुवेदी निर्देशक रहेको चित्रचित्रमा घिमिरेको बाल्यकालको भूमिका अवस्था प्रधान रहेकी छिन् । अन्य कलाकारहरुमा रोजिता बुद्धचार्य, स्वीकृति शर्मा, टीका सुवेदी, शारिका घिमिरे, कृष्ण सुनार उमा बेबीलगात रहेका छन् ।

कलाकार शर्माले घिमिरेजस्तो प्रसिद्ध साहित्यकारको जीवनमा आधारित चलचित्रमा अभिनय गर्न पाउँदा अन्यत्तै खुशी लागेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: