जीवन ज्योति सहकारीको सभा सम्पन्न

  प्रकाशित मिति
१३ आश्विन २०७३, बिहीबार १७:२०


jivan-sahakari

धुलावारी । जीवन ज्योति वचत तथा ऋण सहकारी संस्था मेचीनगर–३ धुलावारीले उत्कृष्ट ऋणी, वचतकर्ता र कर्मचारीलाई सम्मान गर्दै आफ्नो चौथो वार्षिक साधारणसभा विहीवार धुलावारीमा सम्पन्न गरेको छ ।

संस्थाले उत्कृष्ट ऋणीतर्फ विमला थाम्सुहाङ, चन्द्रकला मगर, रतिवला राजवंशी तथा उत्कृष्ट बचतकर्ता अनिता प्रधान, अनिता नेपाली र राजेश दासलाई सम्मान गरेको छ । त्यस्तै, कर्मचारीतर्फ व्यवस्थापक रुपेश राजवंशी, सुवास तामाङ, चन्दा राजवंशी, कञ्चन मेचे, पुष्पा न्यौपाने, मुना पोखरेल र पार्वती राजवंशीलाई सम्मान गरिएको संस्थाका लेखा समिति संयोजक इन्द्रकुमार प्रधानले जानकारी दिए ।

२५ जना सदस्यबाट २ लाख ५० हजार शेयर पूँजी जम्मा गरी सुरुवात गरेको सहकारीले ४ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ । संस्थाका अध्यक्ष सन्तोष राजवंशीले प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक वर्ष ०७२÷०७३ को अवधिमा शेयर पूँजी २० लाख २७ हजार ९ सय रुपैयाँ जम्मा गर्न सफल भएको उल्लेख छ । यो गतवर्षको तुलनामा दोब्बर हो ।

संस्थाको आव ०७१÷०७२ मा ६३ हजार ३ सय १४ रुपैयाँ नोक्सान थियो । नोक्सानलाई परिपूर्ति गरी २ लाख २२ हजार नौ सय ३३ रुपैयाँ नाफा गर्न सफल भएको उनले बताए । संस्थाले आ.व.०७२÷०७३ सम्ममा ६३ लाख ३६ हजार ३ सय ८० रुपैयाँ ऋण लगानी गरेको छ । वचत कारोवारमा ४६ लाख ५३ हजार ७ सय ४८ रुपैयाँ रहेको छ ।

संस्थाका अध्यक्ष सन्तोष राजवंशीको अध्यक्षतामा भएको कार्यव्रmममा राष्ट्रिय सहकारी बैङ्कका लेखा समिति सदस्य लक्ष्मी उप्रेती, महालक्ष्मी सहकारीकी मञ्जु खनाललगायतले बोलेका थिए । संस्थाका सदस्य शान्तिकुमार नेपालले स्वागत गरेको कार्यव्रmमको सञ्चालन सचिव ताकेन्द्र तामाङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: