जुडोको विद्लयालय शिलान्यस

  प्रकाशित मिति
७ चैत्र २०७३, सोमबार ११:४०


kumarkhod pic. (1)

काँकरभिट्टा । कुमरखोद–६ स्थित जुडो प्राथमिक विद्यालयको दुई कोठे पक्की भवनको आइतबार शिलान्यास भएको छ ।
जुडो खेलको नामबाट स्थापित नेपालकै पहिलो नमूना सो विद्यालय परिसरमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले भवनको शिलान्यास गरेका हुन् ।

भवनको शिलान्यास गर्दै प्रमुख अतिथि विष्टले सो विद्यालयको भौतिक संरचना स्तरोन्नती र खेल पूर्वाधार विकासका लागि राखेपमार्फत् नगद ५ लाख रुपैयाँ सहयोग स्वरुप उपलब्ध गराउने बचन दिएका जुडोका राष्ट्रिय रेफ्रि गङ्गा खड्काले जानकारी दिए ।

सो अवसरमा विशिष्ट अतिथि एवम् जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शङ्कर थापाले उक्त विद्यालयमा पढाई हुने विषयमध्ये जुडोलाई समेत समावेश गराएर मुलुकमै खेल क्षेत्रको पहिचान स्थापित गरेको भन्दै शुभकामना ब्यक्त गरेका थिए ।
जिल्ला शिक्षा कार्यालय झापाबाट प्राप्त १६ लाख रुपैयाँको बजेटमा निर्माण कार्य सुरु भएको भवन शिलान्यास कार्यक्रममा पूर्वाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका सदस्य गणेश बुढाथोकी, झापा जुडो सङ्घका अध्यक्ष प्रा.डा. पृथ्वीविक्रम राई, नेकपा एमाले कुमरखोद गाउँ कमिटीका अध्यक्ष माधव पोखरेललगायतले शुभकामना मन्तब्य राखेका थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृत्यराज विष्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत स्थानीय बुद्धिजीवि रामबहादूर खड्का र सञ्चालन विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद गणेशले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: