जुडो खेलाडीलाई न्यानो कपडा र पोशाक

  प्रकाशित मिति
२८ पुष २०७७, मंगलवार १९:२३


भद्रपुर, २८ पुस । झापा जिल्लाका जुडो खेलाडीहरुलाई न्यानो कपडा र जुडोको पोशाक वितरण गरिएको छ ।

जुडो प्रशिक्षक तथा झापा जिल्ला जुडो संघका सचिव गंगा खड्काले मंगलबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि रुद्र गौरी प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली, पूर्व जिसिअ उद्धवकुमार विष्टलगायतले खेलाडीहरुको उच्च प्रशंसा गर्दै सो कपडा वितरण गरेका थिए ।

प्राडा पृथ्वीविक्रम राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य किरण काफ्लेले व्यक्त गरेका थिए । खड्काले कार्यक्रमको सञ्चालन गर्दै नेपाल विद्यालय जुडो संघका पूर्व महासचिव रामकुमार अधिकारीले आफ्नी आमाको बार्षिक पुण्य तिथिको अवसर पारेर खेलाडीलाई न्यायो कपडा पठाइदिएको जानकारी दिए । अधिकारी जापानको म्यारोन ट्रेडिङ कम्पनी डाइरेक्टर हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: