जुनियरतर्फ अरुणोदय र सिनियरतर्फ काँकरभिट्टा मावि विजयी

  प्रकाशित मिति
२३ बैशाख २०७५, आईतवार ११:१०


मेचीनगर । मेचीनगरमा सम्पन्न वडा नम्बर ६ प्रथम वडाध्यक्ष खेलकुद प्रतियोगिता अन्तर्गत अन्तर विद्यालय स्तरीय जुनियर छात्रतर्फको फुटवल प्रतियोगिताको उपाधि अरुणोदय माविले जितेको छ ।

शनिबार काँकरभिट्टा माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा प्रतिस्पर्धी पशुपति माविलाई १ शुन्य गोलअन्तरले पराजित गर्दै अरुणेदय माविले उपाधि जितेको हो ।

अरुणोदयको जीतमा खेलको म्यान अफ दि म्याच समेत घोषित रमेश हेमरम च्याम्पियन बने । हेमरमले किसन सरदारको पासमा २७ औँ मिनटमा गरेको गोल नै निर्णयक गोल बन्यो । जीतसँगै अरुणोदयले नगद १० हजार रुपैयाँ शील्ड तथा ट्रफी हात पार्यो । यपविजेता पशुपतिले नगद ५ हजार रुपैयाँ शील्ड तथा ट्रफीमा चित्त बुझायो ।

वेष्ट डिफेन्डर अरुणोदयका समिर उराउ, सर्वाधिक गोलकर्ता अरुणोदयका किसन सरदार, वेष्ट प्लेयर तथा वेष्ट स्ट्राइकर अरुणोदयका सन्देश ओली, वेष्ट मिल्ड फिल्डरमा पशुपति माविका खेमराज दाहाल, वेष्ट गोल किप्परमा पशुपतिका रोहन खतिवडा, उत्कृष्ट कोच अरुणोदयका लाक्पा तामाङ घोषित भए ।

]यसैगरी सिनियरतर्फको फुटबल प्रतियोगितामा काँकरभिट्टा माविले उपाधि जितेको छ । प्रतिस्पर्धी नर्थ प्वइन्ट माविलार्ई १ शुन्य गोलअन्तरले पराजित गर्दै काँकरभिट्टा माविले उपाधि जितेको हो । खेलको २७ औँ मिनटमा सिद्घार्थ मगरले गरेको नै निर्णय बन्यो । काँकरभिट्टाले नगद २० हजार रुपैयाँ शील्ड तथा ट्रफी हात पार्यो । उपविजेता नर्थ प्वइन्टले नगद १० हजार रुपैयाँ शील्ड तथा ट्रफीमा चित्त बुझायो ।

सिनियरतर्फ वेष्ट गोलरक्षक काँकरभिट्टाका देवेन भुजेल, वेष्ट डिफेन्समा नर्थ प्वाइन्टका आर्यन भट्टराई, राइजिगं प्लेयर अरुणोदय माविका किसन सरदार, वेष्ट मिल्डफिल्डर नर्थ प्वाइन्टका सन्तोष मोते, प्यलेयरअफ दी टुनामोण्ट काँकरभिट्टाका सुरेन तामागं, वेष्ट कोच काँकरभिट्टाका माधवराज राउत तथा म्यान अफ दी म्याच काँकरभिट्टाका सिद्घार्थ मगर घोषित भए ।

विभिन्न विधाका विजयी खेलाडी तथा विजेता र उपविजेता टिमलाइ प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, विशिष्ट अतिथि वडा नम्बर ६ का वडाअध्यक्ष ललितबहादु तामाङलगायत पुरस्कार प्रदान गरेका थिए । समापन समारोहमा क्रिकेट, करातेका विजयी खेलाडीलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: