जुम्लालाई युरोप बनाउने महामन्त्री लिङ्देनको दाबी

  प्रकाशित मिति
८ पुष २०७२, बुधबार ०८:२७


 

45जुम्ला, ८ पुस । राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङदेनले जुम्लालाई नेपालको युरोप बनाउन सकिने बताए । जुम्लाका पत्रकारसँगको भेटघाट कार्यव्रmममा महामन्त्री लिङदेनले जुम्लामा यो सम्भावना रहेको बताए । उनले यो देशमा वादले भन्दा भ्रष्टाचारले समस्या ल्याएको जनाउँदै परम्परागत बजेटबाट कर्णालीको विकास हुन नसक्ने दाबी गरे ।

कर्णालीको विकास र समृद्धिका लागि एकीकृत विकासमा जोड दिन आफ्नो पहल रहने विश्वास दिलाए । सरकारले अछुत व्यवहार गरेको राप्रपा नेपाल पार्टी आज सरकारमा गएर नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गर्नुका साथै सनातन हिन्दूधर्मको मुद्दा कायमै रहेको र २०६२÷६३ को जनआन्दोलनपश्चात् नेपालमा गणतन्त्र र धर्म निरपेक्षता लादिएको उनको टिप्पणी थियो ।

लोकतन्त्र र राजतन्त्र एक अर्काको पर्याय नभएको आँैंल्याउँदै उनले अबको राजसंस्था परम्परागत नभई सबै पार्टीको सम्झौताको राजसंस्था हुने तर्क गरे ।
राप्रपा नेपालका केन्द्रीय सदस्य तथा संसदीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री विराज विष्टले कर्णालीका लागि आफूले धेरै महत्वाकांक्षी योजना नबनाएको बताए ।

सहायक मन्त्री विष्टले आफूले जुम्लाको २५० किलोवाट साना जलविद्युत्का लागि सम्पूर्ण प्राथमिकता दिएको दिए ।
महामन्त्री लिङ्देन र स्थानीय विकास सहायकमन्त्री बिष्टले गत पौष ४ गते आगलागीबाट ध्वस्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको अवलोकन तथा बिरामीको अवस्थाबारे जानकारी लिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: