जुवाडे र डलर भन्दै ठगी गर्ने पक्राउ

  प्रकाशित मिति
१ चैत्र २०७२, सोमबार ०६:३६


इटहरी, १ चैत । सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित काठ मिलमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छ बुक ताससहित रु ९० हजार ५०० नगदसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

इटहरी उपमहानगरपालिका–८ निवासी कैलाश लिम्बुले सञ्चालन गर्दै आएको काठ मिलमा जुवातास खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई जुवा ऐन, २०२० अनुसार आवश्यक कानुनी कारबाही अघि बढाउनका लागि इलाका प्रहरी कार्यालय, इटहरीको हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक ओमप्रसाद अधिकारीले आज पत्रकार सम्मेलन गरी जानकारी दिए ।

यसैगरी विभिन्न व्यक्तिलाई अमेरिकी डलर साटिदिन्छौँ भन्दै ठगी गर्दैै हिँडिरहेको अवस्थामा उदयपुरका दीपक मगर र रामबहादुर मगरलाई इलाका प्रहरी कार्यालय इटहरीले ४१ अमेरिकी डलर र रु एक लाख ४२ हजार ५०० नगद तथा बा२९प २३७ नं को मोटरसाइकलसहित पक्राउ गरेको छ ।

उनीहरुले झापा गौरादह–९ बस्ने २४ वर्षीय गणेश राई र इलाम फइतप्पा–५ बस्ने २५ वर्षीय दिलीप खनालसँग एक लाख ५० हजार रुपैयाँ नक्कली अमेरिकी डलरसँग साटेर फरार हुने क्रममा पक्राउ गरिएको पनि प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: