झापा, ३२ जेठ । जुवाको खालबाटै कनकाई नगरपालिकाका सात जना युवा पक्राउ परेका छन् ।
जुवाको खालबाट ७१ हजार रुपैयाँ नगद समेत बरामद भएको प्रहरीले जनाएको छ ।
कनकाई-३ टप्पु टोलका चेतनकुमार प्रसाईको घरको भुइँतलामा शनिवार अपरान्ह जुवा खेलिरहेको बेला प्रहरीको टोलीले घरमा छापा मारी सात जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कनकाई–३ का विष्णुप्रसाद उप्रेती, लिलु अग्रवाल, सुरज चुडाल, हरि खरेल र ओमप्रकाश चापागाई छन् भने कनकाई ४ का मानबहादुर श्रेष्ठ र हरिबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।
पक्राउ व्यक्तिहरुलाई अनुसन्धानका लागि अनारमनी इलाका प्रहरी कार्यालयमा बताइएको राखिएको छ ।