जेठाजुले दिए मायालाई मृगौला

  प्रकाशित मिति
४ चैत्र २०७४, आईतवार १२:३७


मेचीनगर । झापाकी पत्रकार माया पकुवाललाई सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिएको छ ।

भद्रपुरबाट प्रकाशित हुने बरुण साप्ताहिककी सम्पादक पकुवाललाई उनकै जेठाजु एवन् कराते प्रशिक्षक सौरभ प्रदानले मृगौला दान गरेका छन् ।

भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा विहीबार पकुवालमा मृगौला प्रत्यारोपण गरिएको उनका पति सञ्जय श्रेष्ठले जानकारी दिए ।

पत्रकार पकुवाल र उनलाई मृगौला दान दिने सौरभ प्रधान दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
पन्ध्र वर्षदेखि झापामा रहेर पत्रकारिता गर्दै आएकी ४६ वर्षीया पकुवालको मृगौलामा गत वैशाखदेखि समस्या आएको थियो ।

टाउको दुख्ने र रिँगटा चल्ने समस्या आएपछि २०७४ वैशाखमा पकुवाल उपचारका लागि पहिलोपल्ट धरानस्थित बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान गएकी थिइन् ।

उपचारमा संलग्न चिकित्सकले उनको मृगौलामा समस्या देखिएको रिपोर्ट दिएपछि पकुवालले उपचारको रुपमा औषधि खान थालेकी थिइन् ।

औषधिले काम गर्न छाडेपछि उपचारमा संलग्न चिकित्सकले उनलाई मृगौला प्रत्यारोपण गर्न सल्लाह दिएपछि श्रेष्ठ परिवार कसले मृगौला दान दिने भन्ने बारेमा छलफलमा जुटेको थियो ।

उनका जेठाजु एवम् करातेका प्रख्यात प्रशिक्षक सौरभ श्रेष्ठले एउटा मृगौला दान दिने भएपछि प्रत्यारोपण प्रक्रिया अघि बढाइएको थियो ।

मृगौला प्रत्यारोपण पश्चात हाल उनी हस्पिटलको आइसीयुमै रहेकी छन् । केही दिनपछि उनलाई नर्मल बेडमा सारिने बताइएको छ ।

बुहारीको जीवन रक्षाका लागि मृगौला दान दिएर कराते प्रशिक्षक सौरभ श्रेष्ठ प्रशंसाको पात्र बनेका छन् ।
स्मरण रहोस्–प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उनकै नाताले बुहारी पर्ने अञ्जान ओलीले २०६४ सालमा मृगौला दान दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: