जेलमै बसेर ८ वर्षमा ३१ वटा डिग्री

  प्रकाशित मिति
२८ कार्तिक २०७७, शुक्रबार १३:०७


झापा, २८ कार्तिक । जेल सजायगृहमात्र हैन सुधार गृह पनि हो । धेरैजसोले सजाय नै काटेर फर्कन्छन् भने बिरलै मात्रले उदाहरणीय काम गर्छन् । जब कसैले जेलमा बसेर आफ्नो भविष्य बनाउँछ भने त्यो जत्तिको ठूलो सफलता अरु के होला ।

भारतको अहमदाबादका भानुभाइ पटेलले जेलमै रहेर रेकर्ड बनाएका छन् । उनले जेलमा रहेर सजाय काटेनन् करियर बनाए । उनले ८ वर्षको अवधिमा पढेर ३१ वटा डिग्री हासिल गरे । उनले सरकारी जागिरको अवसर पनि पाए । उनले जागिरपछि पाँच वर्षमा २३ डिग्री हासिल गरे ।

उनले आफ्नो नाम लिम्का बुक अफ रेकर्डस, एसिया बुक अफ रेकर्ड, युनिक वल्र्ड रेकर्ड, इन्डिया बुक अफ रेकर्ड, युनिभर्सल रकेर्ड फोरम र वल्ड रेकर्ड इन्डियामा समेत रेकर्ड दर्ता गरेका छन् ।

के कारणले गएका थिए जेल ?

पटेल मूल भावनगरको महुवा तहसील निवासी हुन् । अहमदाबादको बीजे मेडिकल कलेजबाट एमबीबीएसको डिग्री लिए । पछि उनी सन् १९९२ मा मेडिकलको डिग्री लिन अमेरिका गए । उनको विद्यार्थी भिसामा अमेरिका गएको साथीले जागिर गर्दै पैसा उनको खातामा राखिदिन्थ्यो ।

जसका कारण पटेललाई फरेन एक्सचेन्ज रेगुलेशन एक्ट (एफइआरए) कानुन उल्लंघनको आरोप लाग्यो । उनलाई ५० वर्षको उमेरमा १० वर्षको सजाय भयो । अनि उनी अहमदाबादको जेलमा पठाइए ।

जेलबाट रिहा भएपछि उनलाई अम्बेकर विश्वविद्यालयमा जागिरको अफर आयो । जेल गएपछि कुनै जागिर पाइँदैन । तर उनलाई सरकारी जागिरको अफर आयो । उनले त्यतिधेरै डिग्री हासिल गरे कि उनलाई जागिरको अफरै अफर आयो । उनले उक्त जागिरको ५ वर्षमा २३ डिग्री हासिल गरे ।

अहिलेसम्म उनका ५४ वटा डिग्री छन् । यही विषयमा उनले गुजराती, हिन्दी र अंग्रेजी भाषामा तीन वटा किताब पनि लेखेका छन् ।

(हाम्रोकुरा)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: