‘जेष्ठ आमाहरु’ सम्मानित

  प्रकाशित मिति
१७ बैशाख २०७६, मंगलवार २०:१८


भद्रपुर । लीला कट्टेल स्मृति प्रतिष्ठान झापाले मङ्गलवार झापाका ६ जना जेष्ठ आमाहरुलाई सम्मान गरेको छ ।

प्रतिष्ठानले सबै जेष्ठ आमाहरुको निवासमै पुगेर मातातीर्थ आँैसीको सन्दर्भमा सम्मान गरेको हो । प्रतिष्ठानकी उपाध्यक्ष तथा कमल गाउँपालिका प्रमुख मेनुका काफ्लेको अध्यक्षतामा सम्पन्न संक्षिप्त कार्यक्रमका उनीलाई सम्मान गरेको प्रतिष्ठानकी कोषाध्यक्ष पवित्रा महतराले बताइन् ।

सम्मानित हुनेहरुमा भद्रपुर नगरपालिका वडा नम्बर ८ की वेदकी क्षेत्री र कृष्णकुमारी भण्डारी, मेचीनगरकी सावित्रा खड्का, दमककी चन्द्रकला श्रेष्ठ, विर्तामोडकी कौशिल्या सिलवाल र साविक बनियानी हाल विर्तामोड निवासी माया भण्डारी छन् ।

झापाली कम्युनिस्ट आन्दोलनकी योद्धा लीला कट्टेलले नेकपा माले कालदेखि नेपाली महिलाहरुलाई महिला मुक्ति अभियानमा अग्रसर गराउने काम गरेकी थिइन् । उनको स्मृतिमा स्थापित प्रतिष्ठानले महिला मुक्तिको अभियानमा संलग्न समाजका पथप्रदर्शक आमाहरुलाई सम्मान गर्दै भविष्यमा विविध किसिमका कार्यक्रमहरु गर्दै जाने प्रतिष्ठानकी सचिव चन्द्रमाया श्रेष्ठले बताइन् ।

सम्मान कार्यक्रममा प्रतिष्ठानको तर्फबाट सांसद जसमाया गजमेर, शिवसताक्षी नगरपालिका उपप्रमुख भोजकुमारी नेपाल, नेपाल पत्रकार महासङ्घकी उपाध्यक्ष भीमा शिवाकोटी, महिला नेतृ विष्णु खड्का र सीता बस्नेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: