जेसिजद्वारा मावि स्तरीय हाजीरी जवाफ प्रतियोगिता

  प्रकाशित मिति
११ मंसिर २०७७, बिहीबार १८:०६


भद्रपुर, ११ मंसिर । भद्रपुर जेसिजले जेसिज सप्ताह २०२० को ५औं कार्यक्रम अन्र्तगत भद्रपुर नगरपालिका मावि स्तरीय अन्तर मावि हाजीरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

भद्रपुरको सामुदायीक भवनमा बिहीवार सम्पन्न प्रतियोगितामा सहभागी ५ वटा विद्यालयमध्ये प्रथम विरेन्द्र मावि चन्द्रगढी, द्धितीय सगरमाथा मावि पृथ्वीनगर र तृतीया हुने पुहांँतुजनज्योती मावि चन्द्रगढीलाई नगदसहित टिसर्ट, प्रमाण पत्र र पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठ, भद्रपुर जेसिजका अध्यक्ष डिल्लीराम पोखरेल, महासचिव निकाश पाण्डे लगायतका जेसीज पद्धाधीकारीहरुले प्रथम, द्धितीया र तृतीया स्थानमा विजय प्राप्त गर्ने विद्यालयहरुलाई क्रमशः तीन हजार, दुई हजार एकसय र १ हजार ५ सय नगदसहित जेसिज टिसर्ट र प्रमाण पत्र प्रदान गरिएको थियो ।

यहि मंसिर ४ गतेबाट सुरु गरिएको सप्ताहको भद्रपुर जेसिजले विभिन्न सामाजिक कार्यहरु गर्दै सप्ताहको शनिबार समापन गरिने अध्यक्ष पोखरेलले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, शिक्षक भागिरथ नेपाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम भद्रपुर जेसिज बर्ष २०२० का अध्यक्ष पोखरेलको सभापतित्व, स्वागत कार्यक्रम संयोजक अरिफ अली र सञ्चालन महासचिव निकास पाण्डेले गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश मनोज भट्टराई र जेसिज आस्था वाचन मनोज तिम्सिनाले गरेका थिए ।

कार्यक्रममा जेसिज पुर्व अध्यक्षहरु, जेसीजका पदाधीकारीहरु लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

।। रेवतिराज घिमिरे ।।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: