जेसीजको क्षेत्र क सम्मेलनमा असोजमा

  प्रकाशित मिति
३१ श्रावण २०७३, सोमबार १४:३३


jci
मेचीनगर, ३१ साउन । धुलाबारी जेसीजको आतिथ्यतामा यहि असोज १४ र १५ गते नेपाल जेसीजको क्षेत्र क सम्मेलन हुने भएको छ ।

धुलाबारी जेसीजका अध्यक्ष लीलाप्रसाद भण्डारीको सभापतित्वमा आइतबार सम्पन्न पाँचौं बोर्ड बैठकले सो निर्णय गरेको हो ।
सम्मेलन सम्पन्न गर्नका लागि यस अघि नै धुलाबारी जेसीसका पूर्व अध्यक्ष जेसी अनन्तप्रकाश वस्तीलाई सम्मेलन निर्देशकमा नियुक्त गरेको छ ।

उक्त सम्मेलनको प्रकरण, “हिमाल पहाड र तराईको साझा ध्यान ः संविधान कार्यान्वयनमा जेसीज अभियान” तय गर्दै सम्मेलनको लोगो समेत सार्वजनिक गरेको छ ।

यस अघि भदौ ३ र ४ गते गर्ने भनिएको सो सम्मेलन नेपाल जेसीजको विशेष साधारणसभाका कारणले स्थगित गरी अर्को मिति तय गर्नु परेको धुलाबारी जेसीजका तालिम संयोजक केशव पोखरेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: