जेसीज गाउँमा विविध कार्यक्रम

  प्रकाशित मिति
३० श्रावण २०७४, सोमबार १८:०३


धुलाबारी । मेचीनगर लेडी जेसीजले जेसी सप्ताह अन्तरगत विविध कार्यक्रम गरेको छ ।  नेपाल जेसीजको जेसीज गाउँ बनाउने अभियान अन्तरगत लेडी जेसीजले झापा मार्गलाई जेसीज गाउँ नामाकरण गरी विविध कार्यक्रम गरेको हो ।

जेसीजले पहिलोदिन जेसीज गाउँका बालबालिका तथा महिलाहरुलाई लक्षित गरी निःशुल्क आँखा जाँच गरेको छ ।

मेची नेत्रालयको प्राविधिक सहयोग रहेको कार्यक्रममा १०५ जनाको आँखा जाँच गरिएको जेसीजकी पूर्व अध्यक्ष टीका सुवेदीले बताइन् ।

उनका अनुसार १०५ को आँखा जाँच गर्दा ५ जनामा मोतियाविन्दूको समस्या रहेको पाइएको थियो ।

सोही कार्यक्रम मेची नेत्रालय अन्तरगत स्थापना गरिएको दुर्गा मेमोरियल ट्रष्टकी संयोजक रश्मी चापागाईँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

त्यसैगरी, शनिवार जेसीजले एक घर एक बृक्ष रोपण कार्यक्रम सम्पन्न गरको छ । प्रत्येक घरमा उनीहरुले निमका विरुवा रोपिदिएका छन् ।

जेसीसले धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रकी स्टाफ नर्स शशीकला राईद्वारा सोही दिन स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत गरेको छ ।
त्यसैगरी, जेसीजले सोही गाउँलाई लागू पदार्थ दुव्र्यसन मुक्त गराउने उद्देश्यले सनसाइज रियाब सन्टेरका सञ्चालक फुवा ल्हमोको सहजीकरणमा युवाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

जेसीजले जेसीज गाउँलाई खानेपानी, सडक निर्माण र विजुली सहज रुपमा पुर्याउने उद्देश्यले सम्बन्धित निकायका व्यक्तिहरुलाई ल्याएर सोमबार कार्यक्रम गरेको छ ।
कार्यक्रममा मेचीनगरका नगर प्रमुख विमल आचार्य, मिना उपेती, खानेपानी उपभोक्ता समिति धुलाबारीका सचिव अजय घिमिरेले खानेपानी, विजुली र सडक निर्माणको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल जेसीजका महासचिव भरत प्रसाईले जेसीज गाउँमा बोर्ड समेत राखेको अध्यक्ष शोभा श्रेष्ठले बताइन् ।

कार्यक्रममा सोही गाउँका दिदी बहिनीहरुसँग जेसीजले तीज समेत मनाएको छ । जेसीजले उनीहरुलाई सामूहिक रुपमा दर समेत खुवाएको अध्यक्ष श्रेष्ठले बताइन् ।
जेसीज अध्यक्ष श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रमका संयोजक बरिष्ठ उपाध्यक्षद्वय तुलसा दंगाल र मञ्जु खनाल रहेका थिए । कार्यक्रमको सञ्चालन महासचिव सुनिता पनेरुले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: