‘जेसीज मेरो ज्ञानको शब्दकोश हो’

  प्रकाशित मिति
६ माघ २०७२, बुधबार ०१:५३


dipin g
शनिअर्जुन । अर्जुनधारा जेसीज शनिश्चरेले नयाँ नेतृत्वको पद हस्तान्तरण कार्यव्रmमको अवसर पारेर स्थानीय राजनीतिक दलका अगुवालाई सम्मान गरेको छ ।

अर्जुनधारा जेसीजको बर्ष २०१५ का अध्यक्ष दिपीन राईले बर्ष २०१६ का अध्यक्ष शार्दुलहाङ ओलीलाई मङ्गलवार पद हस्तान्तरण गर्दै गर्दा दलका नेताहरू सम्मानित भएका हुन् ।

विधिको शासनको वकालत गर्दै आएको जेसीज र नेपालको लोकतान्त्रिक आन्दोलनविच गहिरो सम्बन्ध छ । अर्जुनधारा जेसीजले त्यही सम्बन्धलाई सम्झाउँदै स्थानीय दलको नेतृत्वप्रति प्रकट गरेको सम्मानलाई सबैले प्रशंसा गरेका छन् ।

सम्मानित हुनेमा शनिअर्जुनका नेपाली काङ्ग्रेसका सभापति मोहन काफ्ले, नेकपा एमालेका नगर अध्यक्ष प्रेसमसागर सापकोटा, एनेकपा माओबादीका नगर अध्यक्ष भूपेन्द्र न्यौपाने, नेकपा व्रmान्तिकारी माओबादीका नेता हरि दाहाल, गणतान्त्रिक जनमुक्ति पार्टीका नेता दिलीप राई र राप्रपा नेपालका केन्द्रीय पार्षद लवकुश गिरी रहेका छन् ।

जेसीजका बर्ष २०१५ का अध्यक्ष दिपीन राई लगायतले सम्मानित नेताहरूलाई खादा ओढाएका थिए भने नेपाल जेसीजका अध्यक्ष जगतबहादुर पोखरेलले सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यकाल पूरा गरेर जाँदै गर्दा अध्यक्ष राईले स्थानीय समाजसेवीहरू बलदेव गोम्देनलाई युवा सम्मान, प्रह्लाद ढुङ्गानालाई डाइनामिक लिडर र चतुर्भुज काफ्लेलाई मानार्थ सदस्यता प्रदान गरेका छन् ।

नेपाल जेसीजका अध्यक्ष पोखरेलको प्रमुख आतिथ्यमा अर्जुनधारा जलेश्वर धाममा भएको कार्यव्रmममा वर्ष २०१५ का अध्यक्ष राईले वर्ष २०१६ का अध्यक्ष ओलीलाई जेसीज चेन (चाँदीको सिव्रmी) पहिर्याएर पद हस्तान्तरण प्रव्रिmया पूरा गरेका थिए ।
सो अवसरमा राईकी पत्नी एवम् वर्ष २०१५ की फस्ट लेडी लीला राई र बर्ष २०१६ की फस्ट लेडी जुनिता ओडारीले आपसमा मायाको चिनो साटासाट गरेका थिए ।

मुलुककै उत्कृष्ट जेसीज शाखाको पुरस्कार समेत पाएका अध्यक्ष राईले आफ्नो कार्यकालको अन्तिम अध्यक्षकीय मन्तव्य निकै भावुक भएर व्यक्त गरेका थिए ।

कार्यकाल सफल हुनुमा सबैको सहयोग मुख्य कारण भएको उल्लेख गर्दै उनले जेसीज आफ्ना लागि ज्ञानको शब्दकोष भएको धारणा व्यक्त गरे ।

राई र ओलीले पालैपालो अध्यक्षता गरेको कार्यव्रmममा नेपाल जेसीजका पूर्व अध्यक्ष अनिल भेटवाल, महासचिव विष्णु बराल, राष्ट्रिय उपाध्यक्षहरू अञ्जन खत्री, विश्वास रायमाझी, डिल्ली ढकाल, विजय सिटौला, पूर्व राष्ट्रि«य उपाधयक्षहरू भेषराज भण्डारी, प्रकाश अधिकारी, राजेन्द्र चौलागाई, सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लीला चिमरिया, अर्जुनधारा जेसीजका संस्थापक अध्यक्ष इन्दिवर खड्का, पूर्व अध्यक्ष बसन्त सोमानी, वीरता लेडी जेसीजकी अध्यक्ष रजनी बजगाई, पूर्व अध्यक्ष पार्वता विमली, चारआली जेसीजको पूर्व अध्यक्ष राजेश गिरी, वत्र्तमान अध्यक्ष तीर्थ घिमिरे, शनिअर्जुन नगरपालिकाका कार्यकारी अध्यक्ष रुद्र न्यौपाने, एमाले क्षेत्रीय अध्यक्ष हरि राना, एमाओबादी नेता राजु आचार्य, झापा उद्योग वाणिज्य सङ्घ विर्तामोडका अध्यक्ष बलराम कार्की, साहित्यकार सरोज ओली लगायतको उपस्थिति रहेको थियो ।
कार्यव्रmममा अजय देवले आस्था वाचन गरेका थिए भने नवनिर्वाचित जेसीज नेतृत्वले शपथग्रहण गरेको थियो ।
………………….

‘घर–घरबाट मन–मनमा जेसीजलाई पुर्याउँछु’
शनिअर्जुन । अर्जुनधारा जेसीज शनिश्चरेका अध्यक्ष शार्दुलहाङ ओलीले घरघरमा पुगिसकेको जेसीजलाई अब मनमनमा पुर्याउने आफ्नो लक्ष्य भएको बताएका छन् ।

मङ्गलवार शपथग्रहणपछि अध्यक्षको तर्फबाट पहिलो मन्तव्य व्यक्त गर्दै उनले त्यस्तो बताएका हुन् ।
शनिश्चरेमा जेसीजका लागि दाताबाट प्राप्त जग्गामा एक बर्षभित्र भवन बनाउने र युवाको विकासका लागि रचनात्मक कार्यव्रmम अघि बढाउने उनले प्रतिबद्धता जनाएका छन् ।

विद्यार्थी अवस्थादेखि नै सामाजिक गतिविधिमा लागेका ओली प्रखर वक्ता र क्षमता भएका युवा नेता मानिन्छन् ।
उनले मङ्गलवार नै पदको शपथग्रहण गरेका हुन् । उनले सोही अवसरमा जेसीजको कार्य समितिमा केहीलाई मनोनित गरेर पूर्णता दिएका छन् ।

उनले महासचिवमा टिकाराम गौतम, कानूनी सल्लाहकारमा चिरनसेन गौतम, सचिवमा राज सुब्बा, सञ्चार संयोजकमा राजन राई, शिक्षा संयोजकमा उज्ज्वल खरेल, जनसम्पर्क अधिकारीमा राजेश गुप्ता लगायतलाई मनोनित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: