जेसीज सप्ताहमा विविध कार्यव्रmम

  प्रकाशित मिति
२७ भाद्र २०७३, सोमबार १७:३७


बिर्तामोड । सतासीधाम जेसीजले जेसीज सप्ताह अन्तरगत विविध गतिविधि गर्ने भएको छ ।

जेसीजले भदौ २८ गते मंगलबारबाट जेसीज सप्ताह अन्तरगत कार्यव्रmम सुरु गर्ने सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

सन् २०१२ मा स्थापना भएर निरन्तर सामाजिक गतिविधिमा संलग्न जेसीजले भदौ २८ गते राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय दुधेमा उद्घाटन हुने जेसीज पार्लियामेन्ट ट्रनिङ, कम्युटर वितरण, शैक्षिक सामाग्री वितरण, सोलार बत्ती हस्तानतरण, ट्राफिक जनचेतना, मैत्रिपूण फुटबल प्रतियोगिता, मिनी म्याराथुन लगायतका कार्यक्रम हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सप्ताहको समापन असोज १० गते बिहान १० बजे सताक्षीधाम मन्दिर परिसरमा हुने अध्यक्ष रोशन सुवेदीले जानकारी दिए ।
मिनी म्याराथुनमा प्रथम, द्धितीय र तृतीय पुरस्कार क्रमस १५ हजार, १० हजार र ५ हजार तथा ७ जनालाई एक एक हजार सान्तवना पुरस्कार प्रदान गरिने अध्यक्ष सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: