जेसीज सम्मेलन सफल पार्न सहयोगीहरु थपिंदै

  प्रकाशित मिति
२४ भाद्र २०७३, शुक्रबार १७:३०


jic

धुलाबारी, भदौ २४ । धुलाबारी जेसीजको आतिथ्यतामा असोज १४ र १५ गते हुने नेपाल जेसीजको क्षेत्र क सम्मेलनका लागि स्थानीय यातायातकर्मी तथा व्यवसायीहरुले समेत सहयोग गर्ने बताएका छन् ।

जेसीज सप्ताह अन्तर्गत शुव्रmबार आयोजित स्थानीय संघ संस्थाहरुसँगको छलफल कार्यक्रममा धुलाबारीका सिटी रिक्सा चालकहरुले सम्मेलन स्थल टाउनहल देखि बिभिन्न ठाउँमा जान आउन जेसीज सदस्यहरुले बिषेश छुटको ब्यवस्था गरिने बताएका छन् ।
सीटी रिक्सा चालक मजदुर संघ धुलाबारीका अध्यक्ष धन कुमार श्रेष्ठले जेसीजका सम्मेलनमा आउने पाहुनाहरुसँग सिटी रिक्सा चालकहरुले पनि पाहुनालाई गर्ने ब्यवहार गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै धुलाबारीका ट्याक्सी चालकका अगुवा डिक बहादुर धिमालले सम्मेलनमा आउने जसीज सदस्यहरुका लागी स्थानीय ठाउँहरुको भ्रमण तथा आवास र सम्मेलन स्थल आवत जावतका लागि ट्याक्सी प्रयोग गर्दा सहयोगी ब्यवहार गर्ने बताए ।
धुलाबारीमा आउने जेसीज सदस्यहरुले मनोरञ्जनका लागी तृष्णा चलचित्र मन्दिर धुलाबारीमा जाँदा पनि पाहुना कै सम्मान पाउने तृष्णा चलचित्र मन्दिरका सञ्चालक मुकुन्द श्रेष्ठले बताए ।

धुलाबारी जेसीजका अध्यक्ष लिला प्रसाद भण्डारीको अध्यक्षतामा पासाङ्ग ल्हामू स्मृति जेसीज प्रतिष्ठान टाउन हलमा सम्पन्न कार्यक्रममा नेपाल जेसीज क्षेत्र क सम्मेलनका निर्देशक अनन्त प्रकाश वस्ती, सचिवालय संयोजक ज्ञानेन्द्र निरौला लगायतले सम्मेलन सफल पार्न स्थानिय पेशा ब्यवशाय गर्ने समुदायको महत्वपुर्ण सहयोग आवश्यक रहेकाले सकारात्मक सहयोगको अपेक्षा गरेका बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: