जैन धर्मगुरु आचार्य महाश्रमणजी झापामा

  प्रकाशित मिति
३ फाल्गुन २०७३, मंगलवार ११:५६


?

झापा । जैन धर्मका सर्वोच्च गुरु आचार्य महाश्रमणजी अहिंसा यात्राको क्रममा मंगलबार विहान पूर्वी नाका काँकरभिट्टाबाट नेपाल प्रवेश गर्नु भएको छ ।

सद्भावना, नैतिकता र नशाबाट मुक्तिको सन्देश बोकेर सयौँ अनुयायीका साथ भारतको पश्चिम बङ्गालस्थित पानीटङ्की नाकाबाट विहान ९ः१५ बजे नेपाल प्रवेश गर्नु भएका आचार्य महाश्रमणजीलाई सहरी विकास मन्त्री अर्जुननरसिंह केसी, सांसद रविन कोइराला, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा लगायतले काँकरभिट्टामा औपचारिक स्वागत गरेका छन् ।

आजीवन पैदलै हिँड्ने सङ्कल्प लिनु भएका धर्मगुरु आचार्य महाश्रवणजी ३ दिनसम्म झापाको मेचीनगर, विर्तामोड र भद्रपुरमा रहनु हुने र फागुन ६ गते भद्रपुर नाकाबाट भारतको विहार फर्किनु हुने तेरापन्थी युवक परिषद् झापाका अध्यक्ष मञ्जित जैनले बताए । जैन धर्म नेपालमा फैलिएको अढाइ सय वर्षको इतिहासमा जैन सर्वोच्च धर्मगुरुले यसरी नेपाल प्रवेश गरेको दोस्रो पटक हो । दुई वर्ष अघि उनी वीरगञ्जबाट नेपाल आएर काठमाडौँसम्म गएका थिए । सेतो पहिरन लगाउने र मुखमा सेतो मास्क लगाउने आचार्य महाश्रमणजीले सन् २०१० मा दिल्लीबाट अहिंसा यात्राको थालनी गर्नु भएको थियो । त्यसयता उनी निरन्तर भारत, नेपाल र भूटानको विभिन्न स्थानमा पैदल यात्रामा छन् ।

झापामा उनको स्वागतका लागि सडकहरुमा दर्जनौँ स्वागतद्वार बनाइएका छन् भने महाश्रमणजीको तस्वीर र महानवाणी राखेर फ्लेक्स व्यानरहरु राखिएका छन् ।
मंगलबार दिउँसो धुलावारीस्थित पासाङ ल्हामू जेसीज प्रतिष्ठानको सभाहलमा विशेष प्रवचन दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: