जोखिम व्यवस्थापन गर्न सुझाव

  प्रकाशित मिति
२४ माघ २०७२, आईतवार ०४:१३


12665814_1220777324618439_1855300860_n
झापा । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले आन्तरिक जोखिम व्यवस्थापन गर्न नसके सहकारी अभियान सफल हुन नसक्ने दाबी गरेका छन् । उनले सहकारीको माध्यमबाट अभियान अघि बढाउन चुनौती रहेकाले त्यसलई चिर्न बलियो कानूनी आधार आवश्यक रहेको टिप्पणी गरे ।

झापा जिल्ला सहकारी सङ्घको शनिबार चारपानेमा सम्पन्न १९ औं बार्षिक साधारणसभा कार्यव्रmममा बोल्दै खतिवडाले सहकारी संस्थाहरु आफ्नो सदस्य बीचमा मात्र सीमित हुनु पर्ने सुझाव दिए । ‘सञ्चालनमा रहेका कतिपय सहकारी असीमित ढङ्गले अघि बढेका छन्’ समस्याप्रति इङ्गित गर्दै उनले भने ‘यसले सहकारीमा समस्या चिम्त्यिाएको छ, यो हुनु हुँदैन ।’

राजनीतिबाट प्रेरित भएको संस्था काम नलाग्ने टिप्पणी गर्दै उनले राजनीतिभन्दा अलग भएर संस्था सञ्चालन गर्नुपर्ने सुझाए । पूर्व गर्भनर समेत रहेका खतिवडाले सहकारी ऐन संशोधन गरेर संस्थालाई स्वस्थ बनाउनु पर्ने आवश्यकता औंल्याए । त्यसका लागि सहयोग र समन्वय दुवै आवश्यक रहेको उनले बताए । सहकारी सुन्दर प्रणाली भएको चर्चा गर्दै खतिवडाले नियमक निकाय सहकारी मैत्री हुनुपर्नेमा जोड दिए । उनले बहुउदद्श्यीयको नाममा सञ्चालित कतिपय सहकारीले नाम अनुसारको काम गर्न नसकेको टिप्पणी गरे । ‘बहुउदेद्श्यीयले बहुव्रिmयाकलाप गर्नुपर्छ तर त्यस अनुसार काम भएको पाइदैन’, उनले भने ।

सङ्घले सहकारी सूचना तथा स्रोत केन्द्र निर्माण गर्न खरिद गरेको जमिनमा आयोजना गरिएको साधारणसभा उद्घाटनका अवसरमा सङ्घको स्वर्ण वर्ष झल्कने स्तम्भ अनावरण गरिनुका साथै स्वर्ण स्मारिका पनि विमोचन गरिएको छ ।

सोही अवसरमा सङ्घका गतिविधिहरुमा सहयोग पुर्याउने दर्जन बढी व्यक्तिलाई सम्मानपत्र, कदरपत्र र प्रशंशापत्रले सम्मान गरियो । सङ्घको क्षेत्रीय समन्वय कमिटीको सिफारिसमा योगेन्द्र खनाल, कमलबहादुर बस्नेत, देवीप्रसाद दाहाल, विष्णु दुलाल, दधिराम खनाल, चिरञ्जिवी भण्डारी र सुरेन्द्र श्रेष्ठलाई प्रशंसापत्रले सम्मान गरिएको हो । यसैगरी देवीका बस्नेत, खड्गबहादुर ढुङ्गाना र डिल्लीराम सिटौलालाई कदरपत्रले सम्मान गरिएको छ ।

सङ्घका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा भएको कार्यव्रmममा झापा क्षेत्र नम्बर ६ का सांसद दिपक कार्की, राष्ट्रिय सहकारी सङ्घका सञ्चालक शिव डाँगी, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी सङ्घका पूर्व सञ्चालक रामचन्द्र उप्रेती, सोही संस्थाका उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका लेखा समिति सदस्य लक्ष्मीप्रसाद उप्रेती, इलाम जिल्ला सहकारी सङ्घका अध्यक्ष नरेन्द्र भट्टराई, सुनसरी जिल्ला सहकारी सङ्घका सचिव नरेश इवारम, डिभिजन सहकारी कार्यालय झापाका सहकारी अधिकृत माधवप्रसाद पोखरेल र जिल्ला बचत तथा ऋण सहकारी सङ्घ झापाका अध्यक्ष घनश्याम अधिकारीलगायतले बोलेका थिए ।
सङ्घका सचिव गणेश ढकालले सञ्चालन गरेको कार्यव्रmममा स्वागत बलराम गजुरेलले गरेका थिए ।

झापामा सहकारीका माध्यमबाट २० अर्बको कारोबार भइरहेको छ । शेयर पूँजी २ अर्ब, कोषहरुमा १ अर्ब, बचत साढे ७ अर्ब र ऋण लगानी ९ अर्ब २९ करोड रहेको सङ्घको प्रतिवेदनम उल्लेख छ । जिल्लाका ८ सय ५४ वटा प्रारम्भिक सहकारी संस्थाहरुमध्ये सङ्घमा ४ सय १७ वटाले सदस्यता लिएका छन् ।
साधारणसभाले ४ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: