जोरसिमल खाजा घर : सस्तो पनि स्वादिष्ट पनि

  प्रकाशित मिति
२७ माघ २०७७, मंगलवार ०८:१९


मेचीनगर, २७ माघ । मेचीनगरको इटाभट्टामा ‘जोरसिमल खाजा घर’ सञ्चालनमा आएको छ ।

सामाजिक अभियान्ताका रुपमा चिनिएका गणेशकुमार खरेलले होटल सञ्चालनमा ल्याएका हुन् । जोरसिमल हाइवेबाट करिब तीन सय मिटर उत्तरमा होटल अवस्थित छ ।

शान्त वातावरणमा सबै प्रकारका खाजाका परिकार होटलमा उपलब्ध रहेको सञ्चालक खरेलले बताए । उनका अनुसार सय रुपैयाँमा लोकल कुखुराको मासुसहितको खाजा सेट खान पाइनेछ ।

‘खाजाको परिकार हामीले सस्तो र सजिलो गरी ग्राहकलाई उपलब्ध गराउने छौँ,’ उनले भने, ‘होटल घर पनि आफ्नै र आफै खट्ने भएकाले अरुतिर जस्तो यहाँ महँगो छैन ।’

होटल जोरसिमलमा खाजा सेटसहित पेयपदार्थ उपलब्ध छ । साथै, किराना सामानहरु विक्रीमा राखिएको छ । गाउँले परिकारको माग बढेसँगै जोरसिमल होटलले अर्गानिक खानेकुरा विक्रीमा राखेको छ ।

होटल सञ्चालनमा आएसँगै सस्तो खाजासेट तथा पेय पदार्थ खाने पारखीहरुको उक्त होटलमा जाने क्रम बढेको सञ्चालक खरेल बताउँछन् ।

विभिन्न सामाजिक क्षेत्रमा सक्रिय खरेल व्यवयाय क्षेत्रमा पनि हात हालेर ग्राहकको सेवामा समर्पित भएको बताउँछन् । उनले ग्राहकको सन्तुष्टि पहिलो सर्त भएको बताए । पछिल्लो समय मेचीनगरमा साना तथा ठूला प्रकृतिका होटल खुल्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: