जो अरुलाई जोगाउँथे, आफै संक्रमित भए

  प्रकाशित मिति
२४ आश्विन २०७७, शनिबार १७:४०


मेचीनगर, २४ असोज । मेचीनगर वडा नं. ४ का वडाध्यक्ष नवीन बराल कोरोना संक्रमणबाट जोगाउन अहोरात्र खटिने अग्रपंक्तिका योद्धा हुन् । आज उनलाई नै कोरोना संक्रमण भएको छ ।

काँकरभिट्टाको होल्डिङ सेन्टरदेखि नगरका क्वारेन्टाइनसम्मको व्यवस्थापनमा नगरपालिकाले खटाएका वडाध्यक्ष बराल आज संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा छन् ।

‘बिगत पाँच दिनदेखि रुघा लागेको हुँदा होम आइसोलेसनमै थिएँ,’ बरालले लोकतन्त्र पोस्टसँग भने–‘अस्ति जँचाएको रिपोर्ट आज आयो, पोजेटिभ रहेछ ।’

स्वास्थ्य अवस्था सामान्य रहेको र कोरोनालाई परास्त गरेर फेरि सर्वसाधारणको सेवामा खटिने बरालले दृढता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: