ज्यामिरगढीमा ट्रकको ठक्करबाट सिटी चालकको मृत्यु

  प्रकाशित मिति
१० असार २०७९, शुक्रबार ०८:४९


धुलाबारी, १० असार । ज्यामिरगढी सडक खण्डमा मिनी ट्रकको ठक्करबाट सिटी सफारी चालकको मृत्यु भएको छ ।
मेचीनगर नगरपालिका–१५, ज्यामिरगढी स्थित भित्री सडक खण्डमा ट्रकको ठक्करबाट सिटी सफारी चालकको मृत्यु भएको छ ।

बुधवार बेलुका राति ६ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको गरेको प्रदेश १–०१–००१ ह ८६०१ नम्बरको सिटी सफारीलाई सोहि दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ११४६ नम्बरको मिनीट्रकले पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा चालक मेचीनगर–९ का ४३ बर्षीय रमेश कट्वाल गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

घाइते कट्वालको उपचारको क्रममा बिर्तामोड स्थित वीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीको भनाई छ । दुवै सवारी साधनलाई नियन्त्रणमा लिइएको छ भने मिनीट्रकका चालक फरार रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: