ज्यामिरगढीमा नेतृत्व विकास तालिम

  प्रकाशित मिति
११ चैत्र २०७४, आईतवार १५:४०


ज्यामिरगढी । उज्यालो महिला परोपकारी तथा बचत समूहको आयोजनामा एक दिवसीय नेतृत्व विकास तालिम शनिवार यहाँ सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष मञ्जु बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर १५ का वडाध्यक्ष गुणराज भट्टराई रहेका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य कुसुम चौधरी, नारी सञ्चारगृह झापाकी अध्यक्ष अम्बिका भण्डारी, ज्यामिरगढी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दुई दर्जन बढी महिला सहभागिता रहेको तालिमको सहजीकरण मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्माले गरेकी थिइन् ।

संस्थाकी सदस्य टीका शिवाकोटीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव उमा खड्काले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: