झगडाको औषधि सम्वाद

  प्रकाशित मिति
१५ माघ २०७२, शुक्रबार ०४:१०


sangita thapaमहेन्द्र राजमार्ग पाडाजुगीवाट करिव १८ किमी दक्षिणमा सिमसार क्षेत्र पर्दछ । उक्त क्षेत्र २०१६÷ ०१७ सालतिर गौरादह गाउँ पञ्चायतको धेरै क्षेत्र वनको रुपमा थियो । त्यही वेला पूर्वी पहाडी जिल्ला तेह्रथुम, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, पाँचथर र ताप्लेजुङवाट धान फल्ने समयमा जमिन खोज्दै मानिसहरु वसाई सरी आएर जङ्गलको आसपासमा वसी वुट्यान फडानी गरी खेती लगाउन थाले । गौरादह गाविसको केही वडामा तत्कालीन वडामहारानी रत्नराज्य लक्ष्मीका नाममा वन क्षेत्र थियो । २०ं१९ सालमा राजा महेन्द्रको सवारी हुँदा यहाँका किसानहरुको मागलाई सम्वोधन गरी महारानी झोडा क्षेत्रलाई जसजसले फडानी गरेको छ तिनीहरुकै नाममा केही भाग जमिन नापी दिनु भन्ने आदेश भयो ।

त्यसै अनुरुप ०२१ सालमा नाप जाँच गरियो । त्यसकारण त्यो क्षेत्रको नाममा नै महारानी झोडा राखियो । पछि २०३७ सालमा त्यही क्षेत्रलाई गौरादह गाउँ पञ्चायतका ४ वटा वडालाई महारानी झोडा भनियो । मानिसको वसोवास भइसके पश्चात खेतीको लागि पानीको आवश्यक्ता पर्यो । आकाशवाट मात्र आएको पानीको भरमा खेतीपाती गर्न समस्या भएपछि २०२३ सालवाट महारानी झोडाका ६०० विगाहमा सिँचाई गर्ने उद्देश्यले महारानी झोडा र लखनपुरको सिमानामा रहेको चाँदु खोलामा जन श्रमदानवाट कच्ची माटोमा वाँध वनाई सिँचाईको शुरुवात गरिएको थियो  ।

कच्ची वाँध भएका कारण बर्षेनी बर्षातको समयमा पानीको वहाव थेग्न नसकी भत्किरहने र पानीको अभाव भएपछि किसानहरु भेला भई जनश्रमदानमा वाँध वाँध्ने काम चलिनैरह्यो । २०४३ सालमा तत्कालीन झापा जिल्ला पञ्चायतको केही सहयोगमा सामान्य पक्की वाँध बनाउने काम भयो । तर, यो पनि लामो समय टिक्न सकेन । दुई बर्षमै भत्कियो । फेरि २०४९ सालमा जिविसकै आर्थिक सहयोगमा पुुनः वाँध निर्माण गरिए पनि धेरै बर्ष टिकेन । यसरी पटकपटक बाँध बाँधे पनि समस्या समाधान नभएपछि किसानहरुले आजित भइसकेका थिए । त्यसैबेला यस क्षेत्रका सभासद् गोपाल कोइरालाको पहलमा एशियाली विकास वैंक एवीसीकोे १ करोड र स्थानीयको १५ लाख रुपैयाँको बजेट र जनश्रमदानका कारण मजवुत बाँध बन्यो, २०५९ सालमा । जुन बाँधका कारण करिव ३५० हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा प्रशस्त मात्रमा भयो ।

बाँध महारानी झोडा, लखनपुर र कोहवरा गाविसको संगम स्थानमा पर्छ । करिव १० वर्षको लामो समयको अन्तराल पश्चात वाँधमा पानीको सतह घटदै गयो । पानीको वहाव घट्दै गएपछि सोही ठाउँमा स्थानीय युवाहरुले पानीको संरक्षण गर्ने उद्देश्यले पर्यटन क्षेत्रको रुपमा विकास गर्न थाले । महारानी झोडा–३ का युवाहरु उत्साहित भई २०७१ असार २७ गते चाँदु सिमसार तथा पर्यटन विकास संस्था गठन गरी जिल्ला प्रशासन कार्यालयम झापामा २०७१साउन १९ गते दर्ता गराए ।

त्यसपछि समितिले विभिन्न सरकारी कार्यालयमा गएर सिमसार क्षेत्रलाई पर्यटनको क्षेत्रमा विकास गर्नका लागि सहयोग माग गर्न समिति सक्रिय भएको कारण केही आर्थिक रकम जुट्न थाल्यो । तर, त्यसैबेला चाँदु सिमसारक्षेत्र निर्माण समिति गठन गर्दा महारानी झोडा गाविसको मात्र सहभागिता रहेको तर कोहोवरा र लखनपुर गाविसको सहभागिता समितिमा रहेको थिएन । त्यसलाई मुद्दा बनाएर कोहोबरा र लखनपुर गाविसका मानिसहरुले सिमसारको दर्ता प्रव्रिmया नै गलत भएको भनी असन्तुष्टि व्यक्त गर्न थाले । महारानी झोडाका युवाहरुले कामको शुरुवात गरेको भए तापनि २ वटा गाविसले भने उक्त क्षेत्र विकास वा पर्यटनको रुपमा विकास गराउन तयार भएपछि पहिला सिमसारको विधान हेर्न पाउनु पर्छ भन्ने अड्डी कस्न थाले ।

सिमसार क्षेत्रको जमिनको भाग लखनपुरको बढी परेको तर लखनपुरलाई नै थाहै नदिई काम गर्न शुरु गरेको भनी काम गर्नु अघि समिति विघठन गर्नु पर्ने र नयाँ समिति निर्माण गरेर मात्र काम अघि वढाउनु पर्ने कुराको जिकर गर्न थाले । त्यसैबैला भूसंरक्षण कार्यालयवाट सिमसार क्षेत्र निर्माणको लागि ४ लाख ५० हजार रुपैयाँ निकासा भएको थियो । तर, सिमसार क्षेत्र विकासका लागि बजेट भए पनि त्यहाँ उत्पन्न विवादले निर्माण कार्यमा अवरोध पुग्न थाल्यो । साथै काममा लागि परेका युवाहरुको जोश जागर समेत घटेर मनोबल कमजोर हुन थाल्यो ।

यसै अवस्थामा सोही ठाउँका स्थानीय समाजसेवी जगनाथ खनालवाट प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण प्रव्रिmया अन्र्तगत काम गर्न जानकारी गराए अनुरुप २०७१चैत २४ गते स्थानीय सहजकर्ता वेदनिधि चापागाई र राष्ट्रिय श्रोत व्यक्ति म आफै उक्त ठाउँमा पुगेर विवादमा रुपान्तरण प्रकृया अन्र्तगत सहजकर्ताको वैठक वसी द्वन्द्वको नक्साङ्कन गर्दै सवै पक्ष पक्षवाट रुपान्तरण प्रकृया अन्तर्गत ३ वटै गाविसबाट १७ जना सहयोगी समुह (माकुरा समुह) गठन गरी समुहकै अगुवाईमा सवै पक्षसंग भेटी संवादको माध्यमवाट प्रकृयालाई अगाडि वढाउने काम भयो ।

छलफल अधि वढाउँदा धेरै मानिसहरुले जसले कामको थालनी गर्यो त्यो अति राम्रो काम हो तर संस्था दर्ता गर्ने र समिति निर्माण प्रकृयामा कमजोरी भएको र यसलाई सञ्चाएर राम्रो काममा सवैले सहयोग गर्नु पर्ने कुराको सुझावहरु प्राप्त हुन थाल्यो । पटकपटकको संवादले हाल ३ वटै गाविसको अवनत्व हुने गरी विधान निर्माण भैसकेको छ भने सिमसारको वरीपरी वसोवास गर्ने घरधुरीवाट आफुले जोतभोग गर्दै गरेको जमिन करिव ७ विगाह जमिन सिमसारलाई अनुदान प्राप्त भएको छ । सिमसार क्षेत्रमा देखिएको समस्या रुपान्तरण हँुदै गए पश्चात माननीय कानुन मन्त्री अग्नी खरेलको पहलमा तालतलिया सरसफाई र पर्यापर्यटन वोर्डवाट १० लाख रुपैयाँ सिमसारलाई छुट्टिएको र काम अधि बढिरहेको छ । त्यसैगरी जिल्ला वन कार्यलय झापावाट एक लाख रुपैयाँ सिमसार व्यवस्थापन र वरीपरी वृक्षारोपण गर्नका लागि वजेट विनियोजन भएको छ । झापा क्षेत्र नं. ६ का सभासद महेन्द्र सुव्वावाट क्षेत्र विकास कोष अन्र्तगत तेजबहादुर थापाको घर हँुदै सिमसार जोड्ने वाटोको लागि ५० हजार रुपैयाँ छुट्टिएको छ । त्यसै गरी यसै वर्ष लखनपुर गाविसले सिमसार सम्म पुग्ने वाटो मर्मतको लागि ३७ हजार रुपैयाँ र गौरादह नगरपालिकावाट २० हजार रुपैयाँ कल खानेपानीको लागि वजेट विनियोजन गरेको छ ।

स्थानीय सरोकारवालाहरुवाट यो प्रव्रिmयाले सवैलाई एक ठाउँमा ल्याँदोरहेछ, छरिएर रहेको विचारलाई सङ्गठित बनाउँदै सवैको अपनत्व गराउने र जिम्मेवार वनाउने विधि र प्रव्रिmया रहेछ भनी यस क्षेत्रका सवै राजनितिक दलहरुको भेलावाट सिमसारलाई पर्यापयर्टनको क्षेत्रमा विकास गर्न जिल्लावाट छुट्टिने वजेटमा पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त भएको अवस्था छ । विगतलाई हेर्दा उक्त क्षेत्रमा समस्या आए पछि प्राप्त भएको रकम खर्च गर्न कठिनाई भएको थियो  । तर हाल उक्त क्षेत्रको समस्या समाधान हँुदै गए पश्चात हाल जिल्ला तथा राष्ट्रियस्तरवाट लाखौँ रुपैयाँ सिमसार निर्माणको लागि भित्रिन थाल्यो र उक्त रकम कहाँ कसरी खर्च गर्ने भन्ने कुरा सवैको सहभागितामा छलफल गर्ने परिपाटीको विकास भई काम अधि वढ्न थालेको छ । झगडाले विकासको काममा अवरोध आउने रहेछ र आपसी सम्वाद नै झगडाको ओखती भैmं समस्या समाधान भए लगत्तै विकासको काम अधि बढिरहेको छ । अन्य ठाउँहरुवाट आर्थिक स्रोतहरु भित्रिन थालेको छ । सम्बन्धित निकायहरुवाट सिमसारको योजना माग गर्न थालेको अवस्था छ । उक्त ठाउँको परिवर्तन र मेलमिलापको अवस्था ल्याउन यहाँको सहयोगी समूह माकुरा समूहको महत्वपूर्ण भूमिका रहको छ  । द्वन्द्व रुपान्तरण केन्द्र नेपालले त केवल प्रव्रिmया मात्र पस्किएको हो, यसमा यहाँको समस्या समाधान गर्न स्थानीय सरोकारवाला, बुद्धिजीवी व्यक्तित्वहरु, सङ्घसस्था र राजनीतिक दलहरु कै कारण यो सफलता हासिल भएको छ ।

अहिले गाउँमा सिमसार पर्यटन क्षेत्र बन्ने कुरामा समुदायमा खुशीयाली छाएको छ । हाल कोहवरा र महारानीझोडा गौरादह नगर पालिकामा परिणत भएको हुनाले नगर पालिका र लखनपुर गाविसका सवै मानिसहरुमा उत्साह थपिन थालेको छ । सम्वादकै माध्यमवाट भएको समस्या समाधानले एकातर्फ विकासको लहर भित्रिन थालेको छ भने अर्को तर्फ द्वन्द्वरत पक्षहरुको फाटेको मन जोडिन थालेको छ । जव मानिसहरुको मन मिल्छ त्यहाँ कुनै समस्या नआउने रहेछ ,यसरी हेर्दा फुटेको टाउको जोड्ने, भाँचिएको हात र खुट्टा जोड्ने डाक्टरी उपचार भेटिने रहेछ । तर, विभाजित विचार र मनहरुलाई एक ठाउँमा ल्याउने, दुखेको मनलाई मलमपट्टी लगाउने र फाटेको मनलाई सिलाउने औषधी केवल सम्वाद रहेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: