झन् सजिलो भयो अस्ट्रेलिया

  प्रकाशित मिति
१३ श्रावण २०७३, बिहीबार १७:११


खेमराज सङ्ग्रौला डाइरेक्टर, एक्सपर्ट एजुकेसन
खेमराज सङ्ग्रौला, डाइरेक्टर, एक्सपर्ट एजुकेसन

विर्तामोड । अस्ट्रेलिया सरकारले अध्यागमन कानूनमा हालै गरेको नीतिगत परिवर्तनले नेपालबाट अध्ययनका लागि जान झन् सजिलो भएको छ ।

अस्ट्रेलिया सरकारले विभिन्न कामका लागि आउने विदेशी नागरिकलाई नियमन गर्ने उद्देश्यले सन् २०१६ को जुलाई १ तारिखदेखि नयाँ अध्यागमन कानून लागू गरेको हो ।

नेपाली विद्यार्थीको उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा रहँदै आएको अस्ट्रेलियामा बर्षेनी ६ देखि ८ हजारसम्म नेपालीहरू पढ्न जाने गरेका छन् । कानून बदलिएपछि नेपालीलाई कस्तो प्रभाव पर्ने छ भन्ने विषयमा अहिले सर्वत्र चासो बढिरहेको अवस्था छ ।

अस्ट्रेलियाका लागि कन्स्टलटेन्टको काम गर्ने एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजका मेनेजिङ डाइरेक्टर खेमराज सङ्ग्रौलाले नयाँ कानूनले नेपाली विद्यार्थीलाई सुविधा थपेको र प्रक्रिया झन् सहज बनाइदिएको बताए ।

विर्तामोडस्थित एक्सपर्ट एजुकेसनको कार्यालयमा पत्रकारहरूसँग भएको भेटघाटमा मेनेजिङ डाइरेक्टर सङ्ग्रौलाले आगामी दिनमा नेपाली विद्यार्थीको अस्ट्रेलिया जाने क्रम बढ्ने दावी गरे ।

उनका अनुसार त्यहाँको सरकारले जुलाई १ देखि लागू हुने गरी सिम्प्लीफाइड स्टुडेन्ट भिसा फ्रेमवर्क (एसएसभीएफ) नामको अध्यागमन नीति ल्याएको छ । जसमा नेपाललाई पहिलेको तुलनामा दोस्रो तहको सुरक्षित देशको रुपमा मान्यता दिइएको छ ।

अस्ट्रेलियामा विदेशी मुलुकलाई जोखिमको आधारमा पहिलो, दोस्रो र तेस्रो तहमा वर्गीकृत गरिन्छ । पहिलो तहका देशलाई अति राम्रो, दोस्रो तहलाई राम्रो र तेस्रो तहलाई नराम्रो मानिन्छ । नेपाल यसअघि तेस्रो तहमा र भारत दोस्रो तहमा थियो । अहिले भारत तेस्रोमा झरेको छ भने नेपाल दोस्रोमा उक्लिएको छ ।

नेपाल दोस्रो तहमा उक्लिएको कारण विद्यार्थीले भिसा पाउन देखाउनु पर्ने बैङ्क व्यालेन्सको रकम अब न्यून भएको सङ्ग्रौलाले जानकारी दिए । उनका अनुसार पहिले ६० देखि ७० लाख रुपैयाँसम्म व्यालेन्स देखाउनु पर्नेमा अब ३५ देखि ४० लाख रुपैयाँ देखाए पुग्ने भएको छ ।

अस्ट्रेलियामा गएका विद्यार्थीको राम्रो पढाई र असल व्यवहारका कारण नेपालको तह सुधार भएको हो । पहिलो तहमा पुग्न सके बैङ्क व्यालेन्स नै देखाउन पर्दैन । पहिलो तहमा अमेरिका, नर्वे, नेदरल्याण्ड लगायतका मुलुक परेका छन् ।

‘अरु धेरै प्रावधान उस्तै छन्, फाइनान्समा केही खुकुलो भएको हो’, नयाँ कानून बारे बताउँदै एक्सपर्टका डाइरेक्टर सङ्ग्रौला भन्छन्–‘भिसा प्रोसेस पनि सरल भएको छ ।’

भिसा लगायतका प्रोसेस पूरा गर्न काठमाडौँ बाहिरका विद्यार्थीले पहिले पहिले २ पल्ट राजधानी धाउनु पर्ने गरेकोमा अब एक पल्ट मात्र गए पुग्ने भएको छ । स्पोन्सरको दायरा पनि फराकिलो भएको उनले बताए ।

अस्ट्रेलिया सरकारले नै पहिले एसवीआइ र नविल बैङ्कमार्फत मात्र कारोवार हुनु पर्ने अनिवार्य गरेकोमा अब केही युनिभर्सिटीले ती वाहेक एभरेस्ट, इन्भेस्टमेन्ट र लुम्बिनी बैङ्कमार्फत समेत आर्थिक कारोवार गर्न सकिने गरी खुकुलो नीति लिएका छन् ।

एक्सपर्ट एजुकेसनले मेची अञ्चलकै मुख्य व्यापारिक केन्द्र विर्तामोडमा शाखा खोलेको ८ महिना वितिसकेको छ । यति छोटो अवधिमै यस संस्थाले विर्तामोड शाखाबाट २० जनाको अध्ययन भिसा प्रोसेस पूरा गरी अस्ट्रेलियामा अध्ययनका लागि पठाउने अन्तिम तयारी गरिसकेको छ भने टुरिस्ट र डिपेन्डेन्ड गरी ३० भन्दा बढीलाई अस्ट्रेलिया जान सहजिकरण गरेको छ ।

‘आठ महिनामै हामीले पहिचान स्थापित गर्न सफल भएका छौँ, यो एक्सपर्टको सबैभन्दा ठूलो एचिभमेन्ट हो’, एक्सपर्टका डाइरेक्टर सङ्ग्रौला थप्छन्–‘फ्रेब्रुअरि इन्टेकमा ५० जना पठाउने लक्ष्य लिएका छौँ ।’

एक्सपर्टले मात्रै वर्षमा एक हजार जनासम्मलाई अस्ट्रेलिया अध्ययनका लागि पठाउँदै आएको छ । विर्तामोड शाखाबाट उता जानेमा अधिकांश नर्सिङ, इन्जिनियरिङ, एकाउन्टिङ र आइटी कोर्स पढ्नेहरू रहेका छन् ।

एक्सपर्टको विर्तामोड शाखामा आगामी अगस्ट २० तारिखका दिन अस्ट्रेलिया शिक्षाका ताजा सन्दर्भ र विषय समेट्ने गरी अस्ट्रेलियास्थित युनिभर्सिटीका प्रतिनिधि समेतको प्रत्यक्ष सहभागितामा वृहत सेमिनारको आयोजना गर्न लागिएको बताइएको छ ।

(२०७३ साउन १३ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: