झापाका एकसहित विराटनगरमा २ जना संक्रमितको मृत्यु

  प्रकाशित मिति
१७ कार्तिक २०७७, सोमबार ११:४१


झापा, १७ कार्तिक । पछिल्लो चौबीस घण्टामा विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा दुई जना पुरुषको मृत्यु भएको अस्पतालले जनाएका छन् ।

कोशीमा मृत्यु हुनेमा विराटनगर महानगरपालिका–३ का ७० वर्षीय वृद्ध छन् । उनमा गत कात्तिक ७ गते कोरोना पुष्टि भई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो ।

यता नोबेल शिक्षण अस्पतालमा झापाको दमक नगरपालिका २ का ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । संक्रमण पुष्टि भएपछि उनलाई कात्तिक १२ गते अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो ।

(१२खरीबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: