झापाका एसपी भन्छन् : लागुऔषधको जालो हटाउँछु

  प्रकाशित मिति
२ माघ २०७७, शुक्रबार १८:०२


।। रेवतीराज घिमिरे ।।

भद्रपुर, २ माघ । जिल्ला प्रहरी कार्यालय झापाको जिम्मेवारी सम्हाल्न आएका प्रहरी प्रमुख सानुराम भट्टराईले झापामा रहँदाको आफ्नो कार्यकालमा लागुऔषध नियन्त्रण र रोकथामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

कार्यालय परिसर चन्द्रगढीको सभा हलमा शुक्रवार आयोजित सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी प्रमुख भट्टराईले भविष्यको राष्ट्रिय सम्वाहकको रुपमा चिनिएका युवा वर्ग नै लागुऔषध दुव्र्यसनीमा फँसेको बताए ।

प्रमुख भट्टराईले जिल्लाका आम नागरिक तथा सञ्चारकर्मीको सल्लाह तथा सुझाव बमोजिम मानव बेचविखन, चोरी तस्करी नियन्त्रण लगायतका समाजमा हुने गरेका आपराधिक कार्यको नियन्त्रणमा प्रहरी अहोरात्र खटिने बताए ।

प्रहरीले कहिल्यै पनि राजनीतिक दबावमा रहेर काम नगर्ने बताउँदै उनले कानुन बमोजिम पीडितलाई न्याय र पीडकलाई कारवाही गरेरै छाडिने समेत विश्वास व्यक्त गरे । उनले प्रहरी आचरणमा सुधार गर्न आवश्यक रहेको बताउँदै कार्य योजनाको आधारमा जनचाहना विपरित काम गर्ने प्रहरीलाई कारवाही गरिने पनि बताए ।

कार्यक्रमको सहजीकरण डिएसपी राकेश कुमार थापाले गरेका थिए भने कार्यक्रममा झापाका सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: