झापाका चार पालिकामा कांग्रेसको नेतृत्व सर्वसम्मत चयन

  प्रकाशित मिति
९ आश्विन २०७८, शनिबार १९:३२


विर्तामोड ९ असोज । झापाका चार पालिकामा कांग्रेसले नेतृत्व सर्वसम्मत चयन गरेको छ । सर्वसम्मत नेतृत्व चयन गर्नेमा झापा, कचनकवल, हल्दिबारी र बुद्धशान्ति गाउँपालिका रहेको छन् ।

हल्दिबारी गाउँपालिकामा गङ्गा प्रसाइको नेतृत्व निर्बिरोध समिति चयन भएको छ । मनोनयन दर्तामा भेला भएका ९० प्रतिशत क्षेत्रीय प्रतिनिधिले सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिएका थिए ।

कचनकबलमा तुलाराम अधिकारी सभापति, टेकनाथ पौडेल र रोमसम राजबंशी सचिब, सागर राजबंशी र रुद्र उप्रेती सहसचिवमा निर्बिरोध चयन भएका छन् भने उपसभापतिमा ३ जनाको उम्मेदवारी परेको र सहमतिको पहल भइरहेको क्षेत्रीय सचिब गीताप्रसाद भट्टराईले जानकारी दिए ।

यसैगरी झापाको बुद्धशान्तिको सभापतिमा चक्र शेर्मा, सचिबमा कृष्ण खतिवडा र मदन मगर निर्बिरोध भएका छन् । उपसभापतिमा तीन  र सहसचिवमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । झापा गाउँपालिकामा यस अघि नै सागीरथ गणेशको नेतृत्वमा निर्बिरोध नेतृत्व चयन भइसकेको थियो ।

भद्रपुरमा नगरपालिकामा सभापतिमा ५, उपसभापतिमा ३, सचिबमा ६, सहसचिवमा ४ जनाको मनोनयन दर्ता भएको छ । अर्जुनधारा नगरपालिकामा सभापति पदमा मात्रै निर्वाचन हुने भएको छ । अन्य पदमा निर्बिरोध नेतृत्व चयन भइसकेको छ । अन्य ११ पालिकामा भने आइतबार निर्वाचन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: