झापाका पाँच प्रतिभा सुसेलीबाट सम्मानित

  प्रकाशित मिति
१८ पुष २०७७, शनिबार १५:५३


 

चरा खोजकर्ता एवम् फोटो पत्रकार देबेन्द्र खरेल ।

काँकरभिट्टा, १८ पुस । सुसेली साहित्यिक परिवारले दुई प्रतिभालाई पुरस्कृत र तीन प्रतिभालाई सम्मानित गरेको छ ।

पुरस्कृत हुनेमा मेचीनगर निवासी चरा खोजकर्ता एवम् फोटो पत्रकार देबेन्द्र खरेल र वितामोड निवासी छापाखाना सञ्चालक कमला भट्टराई पराजुली रहेका छन् ।

खरेललाई सुसेली प्रतिभा पुरस्कार र पराजुलीलाई बेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार प्रदान गरिएको छ ।

खरेलले मेचीनगर, झापा र प्रदेश नं. १ का चराहरुको खोज गरेर नेपाललाई विश्वसामू चरा पर्यटन क्षेत्रको रुपमा चिनाउन अभियान सञ्चालन गर्दै आएका छन् । उनी लोकतन्त्र पोस्टको फोटो पत्रकार समेत हुन् ।

यसैगरी, पराजुली विर्तामोडको बुद्ध अफसेट प्रेसकी सञ्चालक तथा व्यवस्थापक हुन् ।

साहित्यकार देवीचरण भण्डारी, शिक्षासेवी इन्द्रबहादुर मुखिया र अञ्जना न्यौपानेलाई सोही अवसरमा सम्मानित गरिएको छ ।

साहित्यकार चुडामणि रेग्मी र उहाँकी पत्नी बेदकुमारी रेग्मीको हिरक जन्मोत्सवको उपलक्ष्यमा सुसेलीले भण्डारी, मुखिया र न्यौपानेलाई सम्मान प्रादन गरेको हो ।

काँकरभिट्टाको पूर्व मेची बस व्यवसायी संघको सभाहलमा आज आयोजित कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती र विशिष्ट अतिथि साहित्यकार चुडामणि रेग्मी थिए ।

पुरस्कृत र सम्मानित प्रतिभाहरुलाई फुलमाला, खादा, अबिर, प्रमाणपत्र र नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा सुसेलीले झापाली स्रष्टाहरुको परिचय समेट्दै प्रकाशित गरेको सुसेली स्मारिकाको १८ औं संस्करण लोकार्पण गरिएको थियो ।

साहित्यकार बिजय खरेलले साहित्यकारहरुको परिचय समेटिएको स्मारिकाका बारेमा चर्चा गरेका थिए ।

सुसेलीले माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गरेका क्रमशः तपस्या राउत (कवि शिरोमणि), अंकिता धिमाल (पशुपति), दिपीका खाती (भानु) र विष्णु अधिकारी (बलभद्र)लाई सोही कार्यक्रममा पुरस्कार वितरण गरेको छ ।

सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ सभा सदस्य सुभद्रा अर्याल, पूर्व प्राज्ञ सभा सदस्य यज्ञराज प्रसाई, धुलावारी क्याम्पसका अध्यक्ष भीम खवास, प्राध्यापक एवम् साहित्यकार चुडामणि वशिष्ठ, अग्रज पत्रकार चन्द्र भण्डारी लगायत जिल्लाभरका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

पुरस्कृत देबेन्द्र खरेल, कमला भट्टराई पराजुली लगायत ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: