झापाका डा.पौडेल भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त

  प्रकाशित मिति
२४ मंसिर २०७७, बुधबार १९:३६


मेचीनगर । झापाका डा.विष्णुदत्त पौडेललाई सरकारले भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त गरेको छ ।

यहि मंसिर १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले डा.पौडेललाई भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्बुद रोग निवारण गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको अस्पताल संघीय सरकारले जिम्मेवारी लिएपछि मन्त्रिपरिषद्को बैठकले क्यान्सर रोग विशेषज्ञ डा.पौडेललाई निर्देशकमा चयन गर्ने निर्णय गरेको भक्तपुर क्यान्सर अस्पतालका डा.प्रकाशराज न्यौपानेले बताए ।

गत कार्तिक २४ गतेको मन्त्रिपरिषद् बैठकले भक्तपुर क्यान्सर अस्पताललाई संघीय सरकारद्धारा सञ्चालन गर्ने निर्णयसमेत गरेको थियो । डा.पौडेल झापाको भद्रपुर–७ निवासी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: