झापाका थप २८ सहित ५२ जना कोरोना जितेर घर फर्किए

  प्रकाशित मिति
२७ जेष्ठ २०७७, मंगलवार ११:५३


झापा । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका थप २८ जनासहित ५२ जना कोरोना जितेर घर फर्किएका छन् ।

प्रतिष्ठानका अनुसार १८ देखि ५६ वर्ष उमेर समूहका २८ जना पुरुषलाई डिस्चार्ज गरिएको छ । यसअघि झापाका २४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका थिए ।

मङ्गलबारसम्म धरानबाट डिस्चार्ज हुनेको संख्या ६१ पुगेको छ । प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ११८ पुगेको छ ।

प्रदेश १ मा २७७ जना कोरोना पोजेटिभ छन् । कोरोना पुष्टि भएकामध्ये १५९ जनाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर, पूर्वाञ्चल

विश्वविद्यालय मेडिकल कलेज गोठगाउँ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

झापामा कोरोना संक्रमितको संख्या १४८ पुगेको छ ।

(प्रदेशर्पोटल)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: