झापाका नौ र देशभर ३०९ पालिकामा एकैदिन अस्पताल शिलान्यास

  प्रकाशित मिति
१६ मंसिर २०७७, मंगलवार ०७:२०


झापा, १६ मङ्सिर । झापाको नौ वटा र देशभरका ३०९ पालिकामा सोमवार एकैदिन १५ शैयासम्मको आधारभूत अस्पताल शिलान्यास भएको छ ।

नेपालमा एकैचोटी यति धेरै संख्यामा अस्पतालको शिलान्यास भएको यो ऐतिहासिक घटना हो । संघीय सरकार ती अस्पतालको निर्माणका लागि अर्थ मन्त्रालयमार्फत बजेटको बन्दोबस्त मिलाइसकेको जनाएको छ ।

मेचीनगरमा नगरप्रमुख बिमल आचार्य र उपप्रमुख मीना उप्रेतीले मेचीनगर वडा नं. १० धुलावारीमा वैदिक विधिबाट संयुक्त रुपमा भवनको शिलान्यास गरे ।

नेपाल सरकारले दिएको निर्देशन अनुसार आधारभूत अस्पताल शिलान्यास गरिएको र तयारी गर्न नपाइएको कारण संक्षिप्त कार्यक्रम हतारमा गर्नुपरेको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत खेम ओझाले बताए ।

मेचीनगरसहित झापामा बन्ने हरेक अस्पतालको लागत १८ करोड ६८ लाख रुपैयाँ रहेको छ । यस अघि मेचीनगरमा प्राथमिक स्वास्थ्य केन्द्र र दातृ निकायको सहकार्यमा आम्दा मेची अस्पताल सञ्चालनमा छ ।

दमक, भद्रपुर, शिवसताक्षी, झापा र गौरादह र अर्जुनधारामा सोमवार अस्पतालको शिलान्यास भएन ।

झापाको नौ वटा पालिकामा आधारभूत अस्पताल शिलान्यासको कार्यक्रम सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।

झापाको बुद्धशान्ति, विर्तामोड, कनकाई, मेचीनगर, कचनकबल, कमल, बाह्रदशी, गौरीगञ्ज र हल्दिबारीमा अस्पतालको शिलान्यास भएको हो ।

झापामा कसले कहाँ गरे शिलान्यास

झापामा पालिका प्रमुखदेखि संघीय सांसद, प्रदेश सांसद र प्रदेश मन्त्रीहरु शिलान्यासमा सहभागी भए ।

गौरीगञ्ज र कलम गाउँपालिकामा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की आफै शिलान्यास कार्यक्रममा सहभागी भए ।

हल्दिबारीमा प्रदेशकै सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, विर्तामोडमा नगरपालिकाका कार्यवाहक मेयर एवम् वडा नं. ५ का अध्यक्ष राजेन्द्र लिङ्देन, बाह्रदशीमा प्रदेश सांसद् पूर्णसिंह राजबंशी, कचनकबलमा संघीय सांसद् राजेन्द्र लिङ्देन र प्रदेश सांसद बसन्त बानियाँ र कनकाईमा नगरप्रमुख राजेन्द्र पोखरेलले अस्पतालको शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: