झापाका पत्रकारहरुको कोरोना जाँच सुरु

  प्रकाशित मिति
७ जेष्ठ २०७७, बुधबार १४:५०


 

अर्जुन कार्की

विर्तामोड, ७ जेठ । झापाका पत्रकारहरुको पीसीआर विधिबाट कोरोना जाँच सुरु गरिएको छ ।

नेपाल पत्रकार महासंघ झापाको पहलमा सामाजिक विकास मन्त्रालयले बुधवार विर्तामोडस्थित महासंघको कार्यालयमै पत्रकारहरुको कोरोना जाँचका लागि थ्रोट स्वाव (नाकको र्याल) संकलन गरिएको छ ।

दिउँसो अढाई बजेतिर महासंघका पूर्व अध्यक्ष एवम् नेपाल टेलिभिजनका झापा सम्बाददाता भीम नेम्वाङबाट पहिलो स्वाव संकलन गरिएको थियो ।

महासंघका अध्यक्ष तारामणि सापकोटाले पहिलो चरणमा २५ जनासम्मको स्वाव संकलन गरिने जानकारी दिएका छन् ।

यो काममा एक नम्बर प्रदेश सरकारको स्वाथ्य प्रयोगशाला विराटनगरले प्राविधिक सहयोग पुर्याएको थियो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरे समेत पत्रकारहरुको स्वाव संकलन कार्यक्रममा आउने जानकारी अध्यक्ष सापकोटाले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: