झापाका चार जनामा कोरोना भेटिएन

  प्रकाशित मिति
१९ चैत्र २०७६, बुधबार १५:५५


मेचीनगर । झापा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मुक्त रहेको छ ।

परीक्षणका लागि पठाइएको चार जनाको थ्रोट स्वावको रिपोर्टले कसैलाई पनि कोरोना नभएको पुष्टि गरेको छ । एक जनाको रिपोर्ट आउन बाँकी छ ।

कोरोना संक्रमणको जस्तो लक्षण भएका कारण मेची अञ्च्ल अस्पतालमा विदेशबाट आएका झापाका पाँच जनालाई आइसोलेसनमा राखिदै आएको थियो ।

मेची अञ्चल अस्पतालका कोरोना फोकल पर्सन कुलबहादुर पौडेलले बुधवार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको २ जनाको रिपोर्टमा नेगेटिभ उल्लेख छ । मंगलवार २ जनाको नेगेटिभ रिपोर्ट आएको थियो ।

कोरोना नभएको रिपोर्ट आएका चारै जनालाई अस्पतालको आइसोलेसनबाट होम क्वारेन्टाइनमा पठाइएको छ ।

बुधवार रिपोर्ट आएका २ जना भद्रपुर वडा नं. २ का हुन् । आइसोलेसनमा रहेका झापा गाउँपालिकाका एक जनाको रिपोर्ट आउन बाँकी छ ।

झापामा विभिन्न २२ मुलुकबाट ५६९ जना घर आएको पहिचान भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तह र टोल विकास संस्थाको सहयोगमा लगत सङ्कलन गर्दा विदेशबाट झापा आएकाहरुको पहिचान भएको हो । कोरोना सङ्क्रमण फैलिएका मुलुकहरुबाट उनीहरु झापा फर्किएका हुन् ।

विगत १५ दिनभित्र नेपाल प्रवेश गरेका ५६९ जनामध्ये ९८ जनालाई स्थानीय सरकारले मेचीनगर, अर्जुनधारा, भद्रपुर, विर्तामोड र दमक नगरपालिकामा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

बिदेशबाट आएक ४६८ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उहाँका अनुसार सबैभन्दा बढी आएकाहरुमा भारतबाट ३११, दुवईबाट ११५ र कतारबाट ७८ रहेका छन् । साउदी अरब र अस्टे«लियाबाट नौ–नौ जना, मलेसियाबाट सात, बहराईन र हङकङबाट पाँच–पाँच जना झापामा आएका छन् । सङ्क्रमणको जोखिम मोल्दै फ्रान्स, इटाली, कोरिया, रोमानिया, बङ्गलादेश, जापान, अमेरिकालगायत २२ देशबाट नेपालीहरु झापामा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: