झापाका बाढी पीडितलाई डब्लुएफपीको नगद सहयोग

  प्रकाशित मिति
४ कार्तिक २०७८, बिहीबार १५:४३


भद्रपुर, ४ कात्तिक । जिल्लाका चार पालिकाका १ हजार ६६५ परिवारलाई विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत रु. दुई करोड २५ लाख रकम आएको छ । सो रकम नेपाल रेडक्रस सोसाइटी झापा शाखाले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गर्न सुरु गरेको छ ।

डब्लुएफपी मार्फत आएको रकम गौरीगञ्ज गाउँपालिका वडा नम्बर १, २ का ३६८ परिवार, झापाको वडा नम्बर १,२,३,६ का ६७२ परिवार, कनकाई नगरपालिका–४ का १८६ परिवार र शिवसताक्षी नगरपालिकाको २,४,५,६,८,९ र १० का ४३९ गरी जम्मा एक हजार ६६५ परिवारलाई नगद सहायता रकम वितरण गरिरहेको नेरेसो झापाका सभापति लोकराज ढकालले बताए ।

उनका अनुसार विगत बर्षहरुमा कनकाइ नदीको तटीय क्षेत्रमा बसोवास गर्ने विपदको उच्च जोखिममा रहेका परिवारको तीन महिना अघि ‘सर्भे’ गरिएको गरिएको आधारमा हाल प्रति परिवार रु. १३ हजार ५००का दरले रकम वितरण भइरहेको छ ।

तीन महिन अघि गरिएको सर्भेमा सम्भाव्य विपदको उच्च जोखिममा रहेको परिवार वा विपद संकटबाट प्रभावित भई दैनिक जीविकोपार्जनमा कठिनाई भएको, सरकारी वा सार्वजनिक संस्थाबाट तलब पेन्सन नलिएका, असहाय तथा आफ्नो हेरचाह आफैं गर्न नसक्ने अवस्थाका व्यक्ति वा परिवारको विवरण संकलन गरिएको थियो ।

सोही आधारमा डब्लुएफपीले पठाइदिएको रकम विरणमा सहजीकरण मात्र नेरेसोले गरेको सभापति ढकालको भनाई छ । सो रकम तत्काल आएको बाढीले क्षति पुर्याएका बासिन्दा वा धानखेतीको क्षतिपूर्ति भने नभएको उनले प्रस्ट पारेका छन् ।

रेडक्रसले बमौसमी बर्षाका कारण हाल डुबानमा परेका र विस्थापित भएका परिवारहरुलाई राहत स्वरुप भाडाकुडा, त्रिपाल, कम्बल, लत्ताकपडा समेत वितरण गरिरहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: