झापाका लोकतान्त्रिक योद्धा भीम नेपालको निधन

  प्रकाशित मिति
११ माघ २०७७, आईतवार ०९:५३


मेचीनगर, ११ माघ । दोस्रो जनआन्दोलन २०६२/०६३ का बेला चन्द्रगढीमा भएको सबैभन्दा ठूलो जनप्रदर्शनमा साहसिक भूमिका निर्वाह गर्नुभएका लोकतान्त्रिक योद्धा भीम नेपाल अब रहनुभएन ।

प्यारालाइसिससँग लामो समयदेखि संघर्ष गरिरहनु भएका उनको ६२ वर्षको उमेरमा मेचीनगर–१० धुलावारीस्थित निजी निवासमा शनिवार राति निधन भयो ।

उनले नेपालको लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदान सदैव सम्झिरहन लायक छ ।

सात वर्ष अघि कृषि विकास बैंक धुलावारीको अधिकृत पदमा कार्यरत रहँदा उनलाई अचानक प्यारालाइसिस भएको थियो ।

तत्कालीन नेकपा एमालेको क्षेत्रीय कमिटीमा आवद्ध उनी कर्मचारी संगठनको विभिन्न नेतृत्वदायी पदमा कार्यरत रहिसकेका थिए ।

उनको पत्नी लेखा नेपाल, एक छोरा फिरोन नेपाल र एक छोरी बिनिता नेपाल छन् ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)मा उनी त्यसबेला लेखा समितिका संयोजक थिए ।

विभिन्न अस्पतालमा उपचार पछि उनी घरमै थिए । शनिवार राति निवासमै उनको निधन भएको पारिवारिक स्रोतबाट थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: