झापाका संक्रमितको संख्या १७, आज ५ थपिए

  प्रकाशित मिति
७ जेष्ठ २०७७, बुधबार १९:४५


मेचीनगर, ७ जेठ । प्रदेश १ मा ६६ जनालाई कोभिड-१९ पुष्टि भएको छ । आज थप ७ जनामा कोभिड-१९ पुष्टि भएको हो । थपिएकामध्ये ५ जना झापाका हुन् ।

झापाका थपिएका ५ जना कचनकबल गाउँपालिकाका हुन् । भारतको मुम्बईबाट आएका उनीहरुको मंगलवार पीसीआर टेस्टका लागि स्वाव पठाइएको थियो ।

प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटामा १ र धरानमा १जनालाई कोभिड-१९ पुष्टि भएको हो ।

२६ जना कोभिड-१९ पुष्टि भएका संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

प्रदेश १ मा कोरोना टेस्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार बुधबारसम्म पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ ।

आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: