झापाका सबै पालिकामा आइसोलेसन वार्ड बन्ने

  प्रकाशित मिति
२२ जेष्ठ २०७७, बिहीबार १९:२५


मेचीनगर । जिल्ला कोभिड संकट व्यवस्थापन समिति झापाको विहीबार बसेको बैठकले जिल्लाका १५ वटै पालिकामा आइसोलेसन वार्ड राख्नु पर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा विहबिार प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा बसेको वैठकले जिल्लाका सबै पालिकामा आइसोलेसन वार्ड राख्नु पर्ने निर्णय गरेको हो ।

वैठकले सबैभन्दा बढी कोरोना संक्रमित भएको कचनकबल गाउँपालिकामा सेना परिचालनको निर्णय गरेको छ ।

त्यसैगरी वैठकले काँकरभिट्टा नाकामा भारतबाट आउने नेपालीहरुको व्यवस्थापन गर्न समिति गठन गरेको छ ।

भारतबाट आउने नोपाली नागरिकका लागि काँकरभिट्टा नाकामा नै शुक्रबारदेखि आरडीटी टेष्ट गरिने वैठकले निर्णय गरेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिका सदस्य एवम् स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वारी पौडेलले जानकारी दिए ।

यसैवीचमा मेचीनगर नगरपालिकाले धाइजनको स्वास्थ्य चौकीको क्वारेन्टाइन बसेको भवनलाई आइसोलेसन वार्ड बनाउने तयारी गरेको छ ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: